तरकारीवाली कुसुम श्रेष्ठकाे पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक (भिडियाे)

पाेखरा २७ असाेज- नेपालमा तरकारीवालीको रुपमा भाइरल बनेकी गर्ल कुसुम श्रेष्ठले पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’मा अभिनय गरेकी छन् । तरकालीवालीकाे गीत सार्वजनिक भइसकेकाे छ । युट्युवमार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन् ।

भिडियोमा प्रेम गर्नेले मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने कथा बुनिएको छ । मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा निकै आकर्षक तवरले छायाँकन भएको भिडियो आरएल मोक्तनले नै निर्देशन गरेका हुन् ।

लोक शैलीमा तयार भएको गीतमा निर्देशक मोक्तानकै शब्द, विकास चौधरीको संगीत छ । विकास चौधरी र चन्दा घिसिङले यसमा स्वर दिएका छन् । विक्रम कार्की टिमको छायाँकन रहेको गीतको भिडियो कृष्ण पाण्डेले सम्पादन गरेका हुन् ।

भाइरल भएपछि कुसुमले लम्फु नामक एक फिल्म अभिनय गरेकी थिइन् । तर उक्त फिल्मले भने उनलाई राम्रो चर्चा दिलाउन सकेन । यो म्युजिक भिडियोले आफुलाई राम्रो चर्चा दिलाउने उनले बताइन् ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।