नेपालमै भेटियो ‘महादेव लुकेको अनौठो शिवथान ढुंगा

पाेखरा २७ असाेज- तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–५ र लालीगुराँस नगरपालिका–९ को संगमस्थल पिंगुवा खोलामा रहेको शिवथान मन्दिर पौराणिक धार्मिक महत्व बोकेको मन्दिर हो । यो मन्दिर आवश्यक संरक्षण, सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको छ ।

याे मन्दिरको धार्मिक महत्व प्रचारमा ल्याउन र उचित प्रवर्द्धन गर्न नसक्दा ओझेलमा परेको हो । खोलाको बीच भागमा रहेको शिवथान मन्दिरमा लिम्बु समुदायले विशेष पूजाआजा गर्ने ठाउँ हो । ऐतिहासिक धार्मिक महत्व बोकेको शिवथान मन्दिरमा वर्षौदेखि आफ्ना पुर्वजहरुले पूजाआजा गर्दै आएको स्थानीय बताउछन

यस ठाँउमा महाशिवरात्री, श्री पञ्चमी र साउन महिना साथै अन्य विभिन्न अवसरमा दर्शनार्थी भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । खोलाको बीच भागमा रहेको शिवथान महादेव र पार्वतीको ऐतिहासिक धर्म कथासँग जोडिएको धार्मिक सम्पदा हो ।

आन्तरिक पर्यटकहरु प्राय आईरहने यस क्षेत्रमा, छुट्टीको समयमा विद्यार्थीहरुलाई समेत लाने र उनीहरुलाई धार्मिक एवं ऐतिहासिक कुराकाे जानकारी प्रदान गर्ने कार्य गर्दै आएको स्थानीय हरिहर आधारभूत विद्यालयका शिक्षक अर्जुन रेग्मीले बताए । शिवथान रहेको ढुंगाको ओढार दायाँबायाँ दुवैपट्टिबाट पानी बगेको छ । शिवथान रहेको ढुंगाको आकृति समेत आश्चर्यजनक छ । झट्ट हेर्दा मानव निर्मित जस्तै देखिने ढुंगाको मुख्य भागमा २ वटा गुफा छन् ।

किंवदन्तीअनुसार महादेव र पार्वतीबिच द्वन्द्व भएपछि महादेव रिसाएर भाग्दै यो स्थानको माथिको गुफामा बसेको र खोज्दै गएकी पार्वती तल्लो गुफामा बसेको कुरा स्थानीय कृष्णप्रसाद दाहालले बताए ।

नेपालका सीमाविद भन्छन् : अब ‘नेपाल-भारतको सीमामा काँडे तार लगाउनुपर्छ’ – तपाइ पनि सहमत हुनुछ काठमाडौं : सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपाल-भारत सीमानामा काँडे तार लगाउनु पर्ने बताएका छन्।

नेपालको अन्तराष्ट्रिय सीमा नियमन, खुल्ला सीमाना : अवसर र चुनौती’ विषयक कार्यक्रममा नापी विभाग पूर्व महानिर्देशक समेत रहेका श्रेष्ठले १०/१५ वर्षभित्र नेपाल–भारतको सिमानामा काँडे तार लगाएर नियमन गर्नु पर्ने बताएका हुन्।

उनले नेपाल भारतको सीमा खुलामात्र नरहेर हवाङै रहेको बताए। उनले खुला सीमाका कारण मुलुकमा अपराध, लागुपदार्थ ओसारपसार, तस्करी, मानवबेचविखन बढेको बताए। उनले खुला सीमा अवाच्छित तत्वले दुरुपयोग गरिरहेको बताए। खुला सीमानाका कारण नै आंतक भित्रिने खतरासमेत त्यतिकै रहेको उनको ठहर छ। सीमा नियमनमा ढिलाइ गर्नु जोखिमपूर्ण रहेको उनको भनाइ छ। उनले नेपालबाटै भारतीय विमान अपहरणको प्रसंग कोट्याउदै ठूलो दुर्घटना नभएसम्म सीमा नियमन कसैको ध्यान नगएको बताए।

‘सीमा खुला छाड्नु हुदैन, यसले स्लामिक आंतकवादी समेत आउन सक्छन्’, उनले भने, ‘हवाई अपहरण जस्तो ठूलो घटना पर्खिनु हुँदैन, छिटो नियमन गर्नु पर्छ।’ उनले सीमामा सीसीटिभी राखेर सर्वप्रथम परिचय–पत्र व्यवस्था गर्नु पर्ने बताए।

उनले नेपाल भारतको सीमा सुरक्षाको दृष्टिकोणले समेत संवेदशील रहेको बताए। नेपालका लागि पूर्व भारतीय राजदुत दीपकुमार उपाध्ययले सीमा नियमन आवश्यक रहेको बताए। उनले समय सापेक्ष नियमन गर्नु पर्ने बताउँदै अन्तराष्ट्रिय नियम कानुन मिचेर सीमा सडक, बाँध लगायतका संरचना भारतले बताइरहेको बताए। स्वतन्त्र युवा प्रजातान्त्रिक संघद्वारा आयोजित कार्यक्रममा पूर्वराजदुत प्रद्युनविक्रम शाह, विजयकान्त कर्ण र सीमाविद डा. उद्धव प्याकुरेल, इन्द्रकुमारी अधिकारीले नेपाल भारतको सीमालाई खुला राख्नु पर्ने बताए।

प्रकाशित मिति October 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।