घामड शेरे’ को ट्रेलर: निश्चलकी साली बनिन् स्वस्तिमा (भिडियो)

पोखरा २७ असोज- नेपाली चलचित्र ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएको छ । सामाजिक कमेडी ड्रामा यो फिल्मको ट्रेलरमा एक युवकको कथा देख्न सकिन्छ ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको शीर्ष भूमिका रहेको यो फिल्ममा स्वस्तिमा र निश्चल साली भेनाको भूमिकामा छन् । निर्देशक हेमराज बिसीले पहिलोपटक निश्चल र स्वस्तिमाको दम्पत्तिलाई एउटै फिल्ममा अभिनय गराएका हुन् ।

निश्चल र स्वस्तिमाबाहेक सुष्मा निरौला, गौरी मल्ल, बादल भट्ट, लोकेन्द्र लेखक, रोय, सरोज अर्याल लगायतका कलाकारले समेत अभिनय गरेको यो फिल्म बिसी मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको हो ।

फिल्ममा हेमराज बिसीको कथा, स्किृप्ट र निर्देशन हेमराज बिसीको रहेको छ भने निर्देशक बिसी र सिमोस सुनुवारको लगानी रहेको छ ।
यस्तै फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन् भने नरेन्द्र मैनालीले खिचेका हुन् । चलचित्र कार्तिक ८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति October 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।