दीपिका प्रसाईंको बिहे पछिको पहिलो दशैं ( फोटो फिचर )

पाेखरा २७ असाेज- २०७६ सालको दशैँ हिजोबाट सकिएको छ । सबैले दशैँ निकै रमाइलोसँग मनाए पनि । धेरै दशैँ मनाउनको लागि आफ्नो घर गए भने कतिले राजधानीमै दशैँ मनाए । यस्तै कलाकारले पनि आ–आफ्नो घरमा रमाइलोसँग दशैँ मनाए ।

केही कलाकारले दशैँ मनाएको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । यसपटक केही कलाकारले धुमधामसँग दशैँ मनाए भने केहीले विविध कारणले गर्दा दशैँको टिका थाप्न पाएनन् ।

नायिका दीपिका प्रसाईंको याे पालि मनाएकाे दसैँ तस्विरहरू हेर्नुहाेस् यस्ता छन्ः

याे पनि पढ्नुहाेस्ः
दशैं विशेष ‘हल्का रमाइलो’…

हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) सहितका कलाकारहरुले नया टिभी सिरियल भर्खरै मात्र सुरु गरेको ‘हल्का रमाइलो’ को दशैं विशेष भाग ६ युट्युबमा सार्वजनिक भएको छ ।

मेरी बास्सैबाट अलग भएपछि राजु मास्टर लगायतका अधिकांश पुराना कलाकारहरु मिलि उक्त टिभी सिरियल सुरु गरेका हुन् । पुराना कलाकारहरु सिताराम कंटेल धुर्मुस र केदार घिमिरे माग्ने बुडाले मेरी बास्सै छोडेपछि उक्त टिभी सिरियलको लोकप्रियता नै घटेको थियो । बल्छी धुर्बे र राजु मास्टरले निरन्तरता दिदै आएको उक्त सिरियलले पनि खासै राम्रो गर्न नसकेपछि अचानक छोडेर हिडेका थिए ।

उक्त सिरियलछोडेको केहि महिना पछी बल्छी धुर्बे र राजु मास्टरको लेखन र निर्देशनमा नया टिभी सिरियल ‘हल्का रमाइलो’ सुरु गरेका हुन् । जुन नेपाल टेलिभिजनबाट नै प्रसारण हुदैछ भने युट्युबमा बल्छी धुर्बे कै च्यानलबाट हेर्न सकिने छ ।

प्रकाशित मिति October 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।