गायिका प्रीति आले मगरको आज जन्मदिन…

पाेखरा २७ असाेज- नेपाली चर्चित लोकप्रिय गायिका तथा बेलि डान्सर प्रीति आले मगरको आज शुभ जन्मदिन परेको छ । तनहुँ जिल्लाको आले गाउँमा आजैको दिनमा उनको जन्म भएको हो । हरेक किसिमको गित गाउन सक्षम एक मात्र भर्सटाएल गायिका आलेको सांगीतिक यात्रा पोखराको रोधीघरबाट सुरु भएको हो

उनी स्टेज कार्यक्रममा उत्कृष्ट दोहोरी गाएर चर्चामा आएकी प्रीति आलेले पप गीत पनि गाउदै अाएकी छन् । उनिलाई गाउन मात्र नभई बेली डान्सकै लागि मेला महोत्सवबाट निम्तो आउन थालेपछि परिस्थिति अनुसारको प्रस्तुति दिने उनी बताउँछिन् ।

“फुल्यो बामरी” बोलको गीतबाट दर्शक स्रोताको मनमा बस्न सफल गायिका प्रीति आलेले पछिल्लो समयको युवा पुस्तालाई लक्षित गरेर दोहोरी ब्याटल पनि गाएकी छिन् । गायक प्रकाश सपूत र प्रीति आलेको दोहोरी ब्याटलले एक किसिमको तहल्का नै मच्चायो, ‘त्यसपछि ब्याटल दुई पनि बजारमा ल्याइसकेका छन् ।’

स्टेजमा पुगेपछि कार्यक्रम सञ्चालन देखि नाच्ने र प्रत्यक्ष दोहोरी गाउनमा माहिर प्रीति आलेको पप गीत “चौतारीमा वरपिपल छाया” अब हेर मेरो बेली डान्स” रोइला गीत “ल्वाङ सुपारी मरिच”, दोहोरी गीत “पसिना आरैछ निधारैमा तिम्रो” र ब्याटल लगायत थुप्रै गीतहरु चर्चामा रहेको छ ।

प्रकाशित मिति October 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।