म म*रे पछी मेरो किरिया पनि नबस भनेको छु छोरा छोरीलाई..(भिडियो)

पाेखरा २७ असाेज- लक्ष्मी गिरी कला जगतमा चिनाइरहनुपर्ने नाम हैन । पशुपति क्षेत्रमा जन्मिएकी लक्ष्मी १० वर्षको उमेरदेखि नै कलाकारितामा होमिएकी थिइन् । हरेक महिना जसो कुनै न कुनै साँस्कृतिक कार्यक्रम हुने पशुपति क्षेत्रका ती दृश्य देख्दा देख्दा त्यसप्रति उनलाई नजानिदो प्रकारले लगाव बढ्दै गयो।

४० वर्ष अघि पशुपति क्षेत्रमा अस्पताल थियो त्यही अस्पतालमा उनकी हजुरआमा नर्स थिइन् । उनी पशुपतिका भण्डारी परिवारकी ‘फेमिली नर्स’ भएकाले पशुपति क्षेत्रमा जान लक्ष्मीलाई कुनै रोकतोक थिएन । पशुपति क्षेत्रको साँस्कृतिक, धार्मिक विविधताका कारण लक्ष्मीले नेपाली भाषा सहित तामाङ्, नेवारी, भोजपुरी, मैथिली, हिन्दी भाषाको राम्रो ज्ञान लिइन्।

त्यतिबेला पाएको त्यस ज्ञानलाई उनले आफ्नो कलामा समेत प्रयोग गर्दै आएकी छिन् । पशुपति क्षेत्रमा हुने हरेक कार्यक्रममा उनको डबली नाटकले प्राथमिकता पाउन थालेपछि उनी चर्चित हुँदै गइन् । त्यसबेलाको समाजले महिलालाई कलाकारिताको क्षेत्रमा लागेको राम्रो मान्दैनथ्यो।

उनी भन्छिन्–‘पौराणिक कथामा आधारित नाटकमा अभिनय गर्ने भएपनि साथीहरुलाई उनीहरुका घरबाट आउन दिँदैनथेँ । साथीहरुले घरमा गएर लक्ष्मीले त नाटक खेल्छ, नाच्छ हामी पनि नाच्छौँ भन्दा उनीहरुका आमाबुवाले लक्ष्मीको त हजुरआमाले छुट दिन्छ र पो भन्थे रे ।

उनीसँगै नाटकमा बाल कलाकारका रुपमा खेल्ने साथीका परिवारले उनीहरुलाई यस क्षेत्रमा लाग्न नदिएपनि हजुरआमाको हौसला र साथका कारण लक्ष्मीले यो क्षेत्रमा निरन्तर लाग्न पाइन् । त्यतिबेलाको क्षण सम्झँदै उनी भन्छिन्–‘पौराणिक कथामा आधारित नाटकमा अभिनय गर्ने भएपनि साथीहरुलाई उनीहरुका घरबाट आउन दिँदैनथेँ । साथीहरुले घरमा गएर लक्ष्मीले त नाटक खेल्छ, नाच्छ हामी पनि नाच्छौँ भन्दा उनीहरुका आमाबुवाले लक्ष्मीको त हजुरआमाले छुट दिन्छ र पो भन्थे रे ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।