कुनै काम गर्न नपाउने गरी महरा र आलम सांसदबाट निलम्बित

पाेखरा २७ असाेज- निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। प*क्राउ अवधिभर उनीहरूले सांसद सदस्यको हैसियतबाट कुनै काम गर्न नपाउने र प्राप्त हुने कुनै सेवा सुविधा उपलब्ध हुनेछैन।

जसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ।निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी १ कर्मचारीलाई करणी प्रयास गरेको जाहेरी परेपछि करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटरस्थित सभामुख निवासबाट प*क्राउ गरिएको थियो ।

सांसद आलामलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको ब म बि स्फोटको घटनामा संलग्न भएको आरोपमा आइतबार रौतहटबाट पक्रा*उ गरिएको छ। प्रतिनिधिसभा निर्वाचन २०७४ मा निवर्तमान सभामुख महरा तत्कालीन नेकपा (माओवादीकेन्द्र)बाट दाङ २ बाट निर्वा्चित हुन् भने आलाम नेपाली कांग्रेसबाट रौतहट २ मा निर्वा्चित सांसद हुन्।

दुवैजनाको नैतिक पतन देखिने फौजदारी अ पराध भएकाले नेपालको संविधान र प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम दुवैको सांसद् पद निलम्बन सरह भएको छ। प*क्राउ अवधिभर उनीहरूले सांसद सदस्यको हैसियतबाट कुनै काम गर्न नपाउने र प्राप्त हुने कुनै सेवा सुविधा उपलब्ध हुनेछैन।

प्रकाशित मिति October 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।