सुमन बनिन् मिस इन्डिया, हेर्नुहोस १० तस्बिर !

राजस्थान निवासी सुमन राव ‘फेमिना मिस इन्डिया २०१९’ घोषित भएकी छन् । शनिबार राती मुम्बईको सरदार वल्लभभाई पटेल इन्डोर स्टेडियममा आयोजित प्रतियोगितामा उनले अन्य प्रतियोगिलाई पछि पर्दै उपाधि हात पारेकी हुन् । भारतका हरेक साना तथा ठुला शहरका सुन्दरीहरुको स्पर्धा रहेको प्रतियोगितामा छतिसगढकी शिवानी जाधवले ‘मिस ग्रयाण्ड इन्डिया’ र बिहारकी श्रेया शंकरले ‘मिस इडिन्या युनाइटेड कन्टिनेट्स’ उपाधि हात पार्न सफल भए । कलेज अध्यायरत २० बर्षीया सुमनले थाइल्याण्डमा आयोजना हुने ‘मिस वल्र्ड २०१९’मा भारतको प्रतिनिधित्व गर्नेछिन् । विजेता घोषित भएपछि सुमनले भनिन् । ‘जव म कुनै बिषेश लक्ष्यका लागि सर्मपित हुन्छु । तव मेरो शरीरको नशा नशा आफ्नो जितका लागि सक्रिय रहन्छन्’

बलिउड कोरियोग्राफर रेमो डिसुजा, अभिनेत्री हुमा कुरैशी, चित्राङ्गदा सिंह, फेसन डिजाइनर फाल्गुनी शेन पीकाक लगायत प्रतियोगितामा सहभागतिा थियो ।
प्रतियोगितामा अभिनेत्री कट्रिना कैफ, विक्की कौशल, नौनी राय लगायतका बलिउड हस्तीका नृत्य प्रस्तुति पनि रेहको थियो । फिल्म निर्माता करण जौहर र अभिनेता मनिष पोलले कार्यक्रमको संचालन गरेका थिए ।

प्रकाशित मिति June 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।