प्रकाश सपूत र कमला घिमिरेको घम्सा घम्सी दोहोरी साथमा प्रिती आले (भिडियो)

पाेखरा २६ असाेज- चर्चित लोकप्रिय गायक प्रकाश सपूत सँग पछिल्लोसमय भाइरल बनेकी कमला घिमिरेले तेस्रो दामाचोर महोत्सवमा घम्साघम्सी दोहोरी गाएका छन् ।

प्रकाश सपूतकै सर्वाधिक लोकप्रिय गीत “गलबन्दी” भाकामा दोहोरी घम्सा घम्सी चलेको थियो । कमला र प्रिती आले मिलेर सपूत सँग दोहोरी गाउँदै दर्शकलाई रातको बेला मनोरञ्जन गराएका थिए ।

केहिसमय अगाडि कमलाको दोहोरी सुनेर उज्ज्वल भविष्यको कामना गरेका प्रकाश सपूतले उनी सँगै स्टेज सेयर गरेका छन् । दशैं तिहारको रौनक सँगै आयोजना गरिएको मेला महोत्सवमा दोहोरी गाउन कमलालाई भ्याइनभ्याई छ ।

भिडियो हेर्नुहोस्ः

प्रकाशित मिति October 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।