माग्ने बुढालाई फिल्ममा काम गर्न ४०-५० लाखको अफरै अफर

पाेखरा २६ असाेज- नेपाली चर्चित हाँस्यकलाकार भन्रर चिनिने माग्ने बुढा उर्फ केदार प्रसाद घिमिरे अभिनित “छ माया छपक्कै” देशभरको हलमा प्रदर्शन भइरहेको छ । बर्षमा एउटा मात्र चलचित्रमा काम गर्ने माग्ने बुढालाई धेरैले काम गर्न अफर गरेको एक अनलाइन सँगको अन्तर्वार्तामा बताएका छन् । अफर सँगै ४०-५० लाख सम्मको पारिश्रमिक दिने कुराहरु पनि आउने बताएका छन् ।

चर्चित हाँस्यटेलिसिरियल “मेरी बास्सै” बाट उदाएका माग्ने बुढा पछिल्लो समय चलचित्रमा सक्रिय भएर लागि परेका छन् । छक्का पञ्जा टिम सँग जोडिए सँगै गुणस्तरीय चलचित्रको अफर नआएर बाहिर ब्यानरमा काम नगरेको खुलासा समेत गरे । गत साल पुजा शर्माको “राम कहानी”मा महङ्गो पारिश्रमिक लिएर अभिनय गरेका माग्ने बुढाले अहिलेसम्म अरु बाहिर ब्यानरका चलचित्रमा काम गरेका छैनन् । माग्ने बुढाले अभिनेय गरेका फिल्म सबैमा दर्शकले रूचाएका छन्।

प्रकाशित मिति October 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।