अस्पतालको बेडबाट जिवनको भिख माग्दै राकेश ! भन्छन- सन्तानको निम्ती भएपनि बाँच्न चाहन्छु

बाग्लुङ सिंगानाका ४० वर्षिय राकेश खड्का २ वर्ष देखि थला परिरहेका छन् । यति बेला उनलाई पोखराको गण्डकी अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ । सकिन्जेल अरुकोमा मजदुरी गरेर परिवार चलाउदै आएका राकेश आफै सिथिल भएपछि उनी संगै उनको परिवार चिन्तित छ। उनलाई सुगर र टिभि रोगले सताएको छ । सुगरका कारण जे मन लाग्यो त्यो खान पाईरहेका छैनन भने टिभिको लागि भिटामिनपनि नपुगेर उनि थप कमजोर बन्दै आएका छन् । बाग्लुङबाट पोखरा झरेर मजदुरी गर्दै आमा श्रीमती र २ सन्तानको जिम्मेवारी निभाएका राकेश आफै बिरामी भएपछि उनको परिवार यतिबेला थप चिन्तामा रहेको छ । उनि भन्छन सन्तानको निम्ती भएपनि बाँच्न चाहन्छु। उपचारको लागि उनिहरुसंग भएको र सक्ने सबै सम्पति गरगहना सकिएको छ । केहि समय पहिला सम्म उनकी श्रीमती कल्पनाले अरुको घर सफा गरेरै भएपनि जेनतेन राकेशको उपचार गर्दै आएकी थिईन् तर अहिले राकेश ओच्छ्यान परेपछि श्रीमानको हेरचाह गर्ने कि उपचारको लागि काम गर्न जाने उनलाई निकै आपत परेको छ ।

राकेशको जिवन बचाउन तपाई पनि सहयोग गर्न सक्नुहुनेछ । एक थुकी सुकी भन्छन् सय थुकी नदि । एकै जनाले धेरै सहयोग आवश्यक नै पर्दैन दर्शक महानुभाव धेरैले आफुले सक्ने थोरै थोरै रकम सहयोग गरियो भने पनि यो गरिब र पिडामा परेको परिवारले तपाई हाम्रो सहयोगले खुसी पाउने थियो । एक युवाले नयाँ जिवन पाउने थिए

उनको उपचार यतिबेला छरछिमेकीले गरेको सहयोगले भईरहेको छ । यदि छिमेकीको सहयोग नपाएको भए अस्पताल पनि ल्याउन नसक्ने अवपस्था हुन्थ्यो भन्छीन् कल्पना । राकेशको जिवन बचाउन तपाई पनि सहयोग गर्न सक्नुहुनेछ । एक थुकी सुकी भन्छन् सय थुकी नदि । एकै जनाले धेरै सहयोग आवश्यक नै पर्दैन दर्शक महानुभाव धेरैले आफुले सक्ने थोरै थोरै रकम सहयोग गरियो भने पनि यो गरिब र पिडामा परेको परिवारले तपाई हाम्रो सहयोगले खुसी पाउने थियो । एक युवाले नयाँ जिवन पाउने थिए ।

भिडियोः

प्रकाशित मिति June 16, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।