चिनियाँ राष्ट्रपति सी को बिदाईका लागि बिछ्याइएको रातो कार्पेटमा सर्प भेटियाे (भिडियाे)

असोज २६ काठमाडौं दुइ दिनको राजकीय भ्रमणपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ आज स्वदेश फर्किंदै छन्। उनको बिदाईका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य तयारी गरिएको छ। सी को बिदाईका लागि बिछ्याइएको रातो कार्पेटमा सी विमानस्थल पुग्नु केही मिनेट पूर्व सर्प देखिएको छ । कार्पेटमा सर्प देखिएपछि सुरक्षाकर्मिले भगाएका छन्।

यसैबीच भ्रमणका क्रममा नेपाल र चीनबिच विकास तथा आपसी सम्बन्ध बिस्तारसँग जोडिएका विभिन्न १७ वटा सहमति तथा सम्झौता भएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा १७ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको हो। परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यी लगायत उच्च अधिकारीले समझदारी पत्र साटासाट गरेका छन्।

दुई देशबीच भएको सहमतिअनुसार अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच लगानीको लागि संयन्त्र निर्माण गरिने भएको छ। त्यस्तै विपद् व्यवस्थापनमा मिलेर काम गर्ने औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने सहमति भएको छ। त्यस्तै स्वास्थ्य शिक्षालगायतका क्षेत्रमा मिलेर काम गर्ने पनि सहमति भएको छ। त्यस्तै काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ। नेपाल र चीनबीच सहमतिमा हस्ताक्षर कार्यक्रममा आज नेपालमा रेल सञ्जाल निर्माण पर्यटन प्रवद्र्धन टोखा–छहरे सुरुङ मार्ग चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार ऊर्जालगायतका क्षेत्रमा काम गर्ने सहमति भएको छ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।