नायिका आँचल शर्माको दशैँ विशेष (फोटो फिचर)

पाेखरा २६ असाेज- नायिका आँचल शर्मा चलचित्र भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त छिन् । हालै मात्र शिव परियारको आवाजमा रहेको गीत ‘मंगली’को भिडियो सार्वजनिक भएको छ । विकास सुवेदी निर्देशित भिडियोमा आँचल शर्मा र सुशान्त खत्री फिचर्ड छन् ।

गीतमा शंकर थापा ‘स्माईल’को संगीत तथा प्रह्लाद शाहका शब्द छन् । पछिल्लो समयमा थुप्रै चर्चित गीतहरु बजारमा ल्याईरहेको डश म्यूजिकले व्यबस्थापन गरेको गीतका प्रस्तोता गीतकार प्रह्लाद शाह हुन् । गीतका संगीत संयोजक उदयराज पौडेल हुन् । भिडियोमा छायांकन अनिल के। मानन्धरको रहेको छ भने सम्पादन सुप्रिम पराजुली हुन् ।

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता पनि जितिसकेकि थिईन् । उनको अभिनय र सुन्दरतालाई नेपाली दर्शकहरुले अत्याधिक मन पराएका छन् । उनी बेला बेलामा पलसँगको प्रेमका कारण चर्चामा आउने गर्छिन् । पल र आँचलले आफूहरु एकअर्काको मिल्ने साथी मात्र भएको बताउँदै आएको भएपनि यी दुईको नाम जोडिन भने छोडेको छैन ।

यस्तै आजभोली आँचल प्रेममा भएको कुरा समेत आउन थालेको छ । जसमा आँचलले प्रेम गर्नु नराम्रो कुरा होइन तर म चाहिँ सिंगल नै छु भनेकी छिन् । आँचलले आफूलाई आफ्नो व्यक्तिगत जीवनका कुराहरु मिडियामा ल्याउन त्यति उचित नलाग्ने पनि बताइन् । उनले आफ्नो प्रेम भएपछि पनि सकेसम्म त्यो कुरा मिडियामा नआओस् भन्ने चाहना रहेको समेत बताइन् ।

प्रकाशित मिति October 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।