नुसरत भरुचाका बिकिनी अवतारले बनायाे फ्यानलाई क्रेजी ! (तस्वीरहरू)

पाेखरा २६ असाेज- बलिउड अभिनेत्री नुसरत भरुचा आफ्नो बोल्ड अवतारका कारण चर्चामा रहने गर्छिन् । यतिबेला उनी थाइल्याण्डमा विदाको समय बिताइरहेकी छिन् ।

इन्स्टाग्राममा उनले लगातार तस्वीर शेयर गर्ने गर्छिन् । भरुचाले एकपटक फेरि आफ्नो बिकिनी अवतार शो गरेर फ्यानको मन जितेकी छिन् । उक्त तस्वीरमा फ्यानले कैयन् कमेन्ट गरेका छन् भने लाइक पनि गरेका छन् ।

नुसरत पछिल्लो पटक चलचित्र ‘ड्रिम गर्ल’ मा देखिएकी थिइन् । उक्त फिल्ममा उनी आयुष्मान खुरानाको अपोजिटमा थिइन् । फिल्मले बक्स अफिसमा १ सय ५० करोड भारुको व्यापार गरेको थियो ।

हेर्नुहाेस् उनकाे केही हट तस्वीरहरूः

याे पनि पढ्नुहाेस्ः
‘बागी ३’ मा ४ सय कारका साथ ४५ गुण्डासँग लड्नेछन् टाइगर श्राफ

बागी, बागी २ र वार जस्ता फिल्मपछि टाइगर श्राफको इमेज एक्सन हिरोको बनेको छ । दर्शकले उनको फिल्ममा एक्सन दृश्यको प्रतीक्षा गर्न थालेका छन् । टाइगरको फिल्ममा एक्सनको स्तर झन् बलियो बन्दै गएको छ । एक्सन निर्देशकको दिमाग टाइगरलाई कसरी अझै फरक खालको भूमिकामा देखाउन सकिन्छ भन्ने हुन्छ । किनकि, टाइगरले जस्तोसुकै स्टन्ट पनि दिन तयार हुन्छन् ।

हालै ‘वार’ को सफलताले उत्साहित टाइगर श्राफ ‘बागी ३’ को शूटिङमा व्यस्त छन् । जसमा श्रद्धा कपूर लिड रोलमा छन् । भारतीय मिडियाका अनुसार टाइगरले उक्त फिल्ममा एक यस्तो दृश्य दिँदैछन्, जसलाई देखेर दर्शक चकित पर्नेछन् । राम लक्ष्मण र अहमद नामक एक्सन निर्देशकहरुले उक्त एक्सन सटलाई कोरियोग्राफी गरिरहेका छन् ।

् ती दृश्यहरुलाई ४ सय कारका साथ टाइगरलाई ४५ गुण्डासँग लड्दै गरेको देखिनेछ । फिल्मका ती दृश्यमा गुण्डासँगै कार पनि पिच्काइदिएको हेर्न सकिनेछ । यी दृश्यलाई फिल्म युनिटले प्रचारको माध्यम बनाउने सोच पनि बनाएको छ । फिल्मप्रति दर्शकको तीव्र प्रतीक्षा छ ।

प्रकाशित मिति October 13, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।