जापानमा शक्तिशाली आँधी : नेपाली दूतावासले भन्यो, ‘नेपालीहरु सुरक्षित छन्’

पोखरा २५ असोज – जापानस्थित नेपाली दूतावासले त्यहाँ आएको शक्तिशाली आँधीबाट कोही नेपाली हताहत नभएको जानकारी दिएको छ ।

टोकियोस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसनका प्रमुख कृष्णचन्द्र अर्यालले जापानको समयअनुसार शनिबार राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेको जानकारी आएको बताए ।

जापानमा आएको शक्तिशाली आँधीबाट यहाँको राति ११ बजेसम्म सबै नेपाली सुरक्षित रहेका छन् । हामी नेपाली समुदायसँग सम्पर्कमै छौं,’ उनले भने ।

जापानमा सन् १९५८ यताकै शक्तिशाली हगिबीस आँधीबाट आएको छ । जसबाट राजधानी टोकियो, नागान्यो, एमानासी, गुन्मा, सिजोओका, साइपामा, सानागावालगायतका क्षेत्र प्रभावित भएका छन् । दूतावासका अनुसार जापानमा करिब ९० हजार नेपाली रहेको छन् । २ सय १६ किलोमिटर प्रतिघन्टाको दरमा आँधीका आएको थिथयो ।

जसका कारण उद्योग, कलकारखाना र पसलहरू पनि बन्द छन् भने अधिकांश क्षेत्र जलमग्न भएको छ । आँधीका एक व्यक्तिको मृत्यु भएको छ भने झन्डै ५१ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

प्रकाशित मिति October 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।