चीनका राष्ट्रपतिको भिडियो खिच्दा प्रहरीले देखायो दादागिरी, पत्रकारको क्यामेरा खोस्न खोजेपछि भयो बबाल (भिडियो)

पोखरा २५ असोज- दुईदिवसीय राजकीय भ्रमणमा नेपाल आउनुभएका छिमेकी मुलुक चीनका राष्ट्रपति सी चीनफिङको भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थलदेखि सोल्टी होटलसम्म उहाँ सवार हुने मार्गमा राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारणले उहाँको स्वागत गर्नुभएको थियो ।

अपराह्न पौने ५ बजे राष्ट्रपति सी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उहाँको स्वागतका लागि कर्मचारी र सर्वसाधारण ४ बजेदेखि नै सडकमा दुवै देशको झण्डा लिएर स्वागतका लागि प्रतीक्षारत थिए । उनीहरुले करीब दुई घण्टाको प्रतीक्षापछि सीलाई स्वागत गर्न पाएका थिए । सी विमानस्थलबाट सोल्टी होटेलमा जाँदा सडकका दुवै किनारमा रहेका कर्मचारी, युवा, विद्यार्थी, बालबालिका र सर्वसाधारणले उहाँलाई नेपाल र चीनको झण्डा हल्लाएर स्वागत गरेका थिए ।

तर नेपाल प्रहरीले अन्तर्राष्ट्रिय मिडियाका पत्रकारलाइ फोटो र भिडियो खिच्न दिए पनि नेपालका कतिपय मिडियाका पत्रकारलाइ फोटो भिडीयो खिच्न पनि प्रतिबन्ध लगाएको छ । सडकको छेउमा सर्वसाधारण, सरकारी कर्मचारीसंगै उभिएर क्यामेराबाट भिडियो कैद गर्न लाग्दा प्रहरीले दादागिरी देखाउंदै भिडियो खिच्न प्रतिबन्ध लगाएको छ ।

भिडियो खिचेको देखेपछि क्यामेरामै आएर यो क्यामेरा तुरुन्तै बन्द गर्नु भन्दै एक प्रहरीका हाकिमले आदेश दिएपछि अर्का प्रहरी आएर क्यामेरामा भिडियो कैद गर्दै गरेका रतन चन्दलाइ हक्पिधप्की गरेको यसै भिडियोमा देख्न सकिन्छ । हाकिमको आदेश हो भन्दै पत्रकारको क्यामेरा नै खोस्न आएपछि बाध्य भएर चन्दले आफ्नो क्यामेरा बन्द गरेका थिए ।

हेर्नुहोस् भिडियो:

प्रकाशित मिति October 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।