सीको रात्रीभोजः लुक्लाको सिमीसँग साँधेको भटमास

सीलाई बारा, ममसँगै लुक्लाको सिमी र साँधेको भटमास दिइनेछ । त्यसपछि कुरिलो र क्वाटीको रस दिइनेछ । त्यसपछि युरोपियन र चाइनिज परिकार पस्किइने

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा होटल सोल्टीमा रात्रीभोज आयोजना गरिएको छ । राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा नेपाली नेताहरुलाई पनि निम्तो दिइएको छ । रात्रीभोजमा केही नेपाली मौलिक परिकार चिनियाँ राष्ट्रपति सीलाई खुवाइने छ ।

मेन्यूअनुसार सुरुमा राष्ट्रपति सीलाई बारा, ममसँगै लुक्लाको सिमी र साँधेको भटमास दिइनेछ । त्यसपछि कुरिलो र क्वाटीको रस दिइनेछ । त्यसपछि युरोपियन र चाइनिज परिकार पस्किइने छ । मेन्यू अनुसार अन्तिममा इलामको चिया वा गुल्मीको कफी खाएपछि रात्रीभोज सकिनेछ ।

हेर्नुहोस् रात्रीभोजको मेनु

प्रकाशित मिति October 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।