चिनियाँ राष्ट्रपति सी चेन्नाईबाट १:४५ मा काठमाडौं प्रस्थान गर्ने

पाेखरा २५ असाेज- चिनियाँ राष्ट्रपति सी जीनपिङ दुईदिने नेपाल भ्रमणका क्रममा भारतको चेन्नाईबाट नेपाली समयानुसार १:४५ बजे काठमाडौंका लागि प्रस्थान गर्ने भएका छन् । उनी एयर चाइनाको विशेष विमानमार्फत नेपाल आउन लागेका हुन् ।

सीलाई अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले स्वागत गर्ने कार्यक्रम रहेकाे छ । विमानस्थलमा उनलाई उच्च सम्मानका साथ स्वागत गर्ने तयारी गर्ने निर्णय लिएका छन् ।

राष्ट्रपति सीले आजै अपराह्न शीतल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ आज नै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीको स्वागतमा रात्रिभोजको आयोजना गरेकी छिन् ।आइतबार बिहान प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति सीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति October 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।