सीसँगको भेट अगाडि मोदीले वार्ता हुने स्थानको फोहोर उठाए (भिडियो)

पाेखरा २५ असाेज- शनिबार तमिल नाडुको महाबलिपुरममा चिनियाँ राष्ट्रपति सि चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच एक्लाएक्लै ५० मिनेट वार्ता भयो। महाबलीपुरमको ताज फिसरमेनस्थित कोव रिसोर्टमा दुवैबीच वार्ता भएको थियो। बेल्ट एण्ड रोट इनिसियटिभ्स, आतंकवाद, व्यापारजस्ता विषयमा छलफल भएको भारतीय संचार माध्यमले जनाएका छन्।

शनिबार हिन्द महासागरको किनार छेउमा मोदी र सीबीच एक्लाएक्लै भेटवार्ता हुने तय भएको थियो। आज बिहान मोदी वार्ता हुने स्थान वरपर पैदल यात्रामा निस्किएका थिए। सो क्रममा उनले त्यहाँ प्लास्टिकका फोहोरहरु उठाएका थिए।

मोदीले सरसफाई गरेको भारतीय संचार माध्यमले जनाएका छन्। त्यसको भिडियो सार्वजनिक भएको छ। मोदीले आफ्नो फेसबुक तथा ट्वीटर पेजमा भारतलाई स्वच्छ बनाउन भनेर भिडियो अपलोड गरेका छन्।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।