किन सेलाइन् सुष्मा

पाेखरा २५ असाेज- फिल्म लूटको ‘उध्रेको चोली…’ बोलको गीतले फिल्ममा सबैको ध्यान मात्र खिचेन नायिका सुष्मा कार्कीको व्यस्तता ह्वात्तै बढाइदियो । डान्सबारमा खिचिएको उक्त गीतमा सुष्माले छोटा कपडामा निकै कामुकता पोखेकी थिइन् । जसमा सौगात मल्ल, दयाहाङ राई, कर्मजस्ता कलाकारहरुले पनि उनलाई साथ दिएका थिए ।

गीतमा हट अवतारमा देखिएकी सुष्मा सार्वजनिक कार्यक्रममा पनि हट अवतारमा प्रस्तुत हुने गर्थिन । उनको माग ह्वात्तै बढ्यो । लुटपछिको आइटम गीतको बाढीको पहिलो फाइदा उनैलाई भयो । बिन्दास, बिन्दास २, मिसन खेलाडी, राजनीति, नेपथ्यलगायतका फिल्ममा आइटम गर्लका रूपमा अभिनय गरिन् । एउटै गीतबाट दुई लाख रुपियाँसम्म पारिश्रमिक बुझ्न थालिन् ।

देश–विदेशमा हुने स्टेज सोबाट त्यत्तिकै अफर आउन थाल्यो । उनको क्रेज लोभलाग्दो थियो । तर उनले आफ्नो ‘क्रेज’ बचाउन पूर्णत असफल भइन् । लहर चलेको समयमा समेत सुष्माको अत्तोपत्तो भएन । न त कुनै फिल्ममेकरले उनलाई नचाउन नै चाहेको देखिन्छ । पछिल्लो समय उनी फटाहा फिणिन्द्रे नामक फिल्ममा अनुबन्धित भएको खबर आएको छ ।

हाल उनी समासजक सञ्जालमा हट अवतारको फोटो अपलोड गरिरहेकी हुन्छिन् । उनलाई भाइरल हुन मन लागेको आशयको क्याप्सन राख्छिन् । एक फोटोमा उनले क्याप्सन लेखेकी छिन्,‘अब यो पनि भाइरल’ ।

प्रकाशित मिति October 12, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।