काभ्रेमा ट्रक दु*र्घटना हुँदा २ जनाको मृ*त्यु

काभ्रेको महभारत गाउँपालिका अमवलबासबाट बनेपा आउँदै गरेको जम्बो स्वरज ट्रक पल्टिदा २ जनाको मृ*त्यु भएको छ। रोशी गाउँपालिका-३ साँझकोटमा शुक्रबार बेलुका बा ३ ख ३५९५ नम्बरको ट्रक दुर्घ*टना भएको प्रहरीले जनाएको हो।

दुर्घ*टनामा परेर प्रकाश मोक्तान र वकिल बोम्जनको घट*नास्थलमै मृ*त्यु भएको प्रहरले जानकारी दियो। उक्त ट्रकमा ३५ जना भन्दा बढि सवार रहेको जानकारी आएको जिल्ला प्रहरी कार्यलय काभ्रेका डीएसी दिपक गिरीले बताएको समाचार अन्नपुणमा छ ।

दु*र्घटना हुने ठाउँमा फोनसमेत नलागेको र प्रहरीको सेटसमेत नटिप्ने भएको कारण राम्रोसँग सम्पर्क समेत हुन नसकेको डीएसी गिरिले बताए। घट*नास्थलमा खहरेपागुबाट प्रहरी पुगिसकेको र केही घा*इतेहरुलाई एम्बुलेन्स र ट्रकमा हालेर धुलिखेलतर्फ बाटोमा ल्याउदै गरेको गिरीले जानकारी दिए।

प्रकाशित मिति October 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।