“छ माया छपक्कै” लाई दर्शकको राम्रो प्रतिक्रिया

पाेखरा २४ असाेज- असोज २४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले दर्शकको मन जित्न सफल भएको छ । प्रदर्शनको पहिलो दिन चावाहिलको गोपिकृष्ण मुभिजमा फिल्म हेरेर निस्किएका अधिकांश दर्शकले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए ।

फिल्ममा दर्शकको प्रतिक्रिया सकारात्मक पाएपछि कलाकार केदार घिमिरे माग्ने बुढा भावुक भएर रुन पुगे । माग्ने बुढा रुदा निर्देशक दिपेन्द्र लामा, अभिनेता दिपकराज गिरी र निर्देशक दिपाश्री निरौला समेत रुन पुगे ।

नायिका केकी अधिकारी र कलाकार जितु नेपाल भावुक भए । रोहित अधिकारी निर्माता रहेको दिपक र दिपाको फिल्म छ माया छपक्कैले देशभर सुखद सुरुवात गरेका हुन्।

प्रकाशित मिति October 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।