जापानबाट घरमा आएको केहि दिनमै दुर्घटनामा परि मनबहादुरको मृत्यु !

बागलुङ, गल्कोट नगरपालिका वडा नम्वर ४ को भेँडीखाल्टामा शुक्रबार राति ट्याक्सी दुर्घटना भएको छ । दुर्घटनामा परि मनबहादुर खत्री (एमबि)को मृत्यु भएको छ । २ जना घाईते भएको प्रहरी चौकी हटियाले जनाएको छ ।घाइते हुनेमा सवारी धनी तथा चालक हुमबहादुर कुँवर र मृतक खात्रीका भान्जा आयुष कार्की रहेका छन ।घाइतेको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । ध १ ज ५१३ नम्बरको ट्याक्सी गयराति १० बजेको समयमा दुर्घटना भएको प्रहरी चौकी हटियाका प्रमुख प्रहरी नायव निरीक्षक ऋण बहादुर बैदवारले जनाकारी दिए ।गल्कोट नगरपालिका हटियाबाट सोही नगरपालिका ४ को नुवाकोटतर्फ जादै गरेको ट्याक्सी दुर्घटनामा परेको हो ।

मृतक खत्री केही दिन अघिमात्र जापानबाट घर आएका थिए । रातको समयमा अनियन्त्रित भई ट्याक्सी सडक देखि १५ मिटर तल खसेको थियो । दुर्घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति June 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।