अभिनेत्री ऐश्वर्यको यस्तो छ फिटनेस राज

पाेखरा २४ असाेज- नेपाली चर्चित अभिनेत्री ऐश्वर्य रायको सुडौल शरीर त्यसबेला भद्दा देखिन्थ्यो । उनी जतिबेला पनि गर्भवती थिइन् । याे उनकाे स्वभाविक नै हो । गर्भावस्थामा हरेक महिलाको शरीरमा असामन्य परिवर्तन देखिन्छ । गर्भावस्थामा पर्याप्त खानपान गर्नुपर्ने तर शारीरिक रुपमा उत्ति धेरै सक्रिय हुन नहुने भएकाले पनि महिलाको शरीर मोटाउने गर्छ ।

यसको अपवाद कसरी हुन सक्छिन्, पूर्व विश्व सुन्दरी ऐश्वर्य ?

उनी पनि मोटाइन् । शरीर भद्दा देखियो । बच्चालाई जन्म दिइसकेपछिको समयमा उनले आफुलाई मेन्टेन गर्दै गइन् । र, आफ्नो फिगरलाई पुरानै अवस्थामा फर्काइन् । जसै आफ्नो भद्दा शरीरलाई सुडौल एवं स्लिम बनाइन्, फिल्ममा समेत खेल्न भ्याइन् । बच्चाकी आमा भइसकेपछि उनले जब्जा, ए दिल है मुश्किल जस्ता फिल्मबाट कमब्याक गरिन् ।

प्रकाशित मिति October 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।