शरीरको कुन अंगमा कोठी हुँदा भइन्छ भाग्यमानी ? जान्नुहोस्

पाेखरा २४ असाेज- मानिसको शरीरमा कहीँ न कहीँ कोठी हुन्छ । कोठी भएको भागमा छालाको भन्दा भिन्न रंग अर्थात कालो थोप्ला जस्तो देखिन्छ ।कोठीले शरीरको भाग अनुसार सानो आकारको भएमा मानिसलाई सुहाउँदो समेत देखाउँछ । शरीरमा भएका कोठी कै कारण कतिपय अवस्थामा मानिस सुन्दर र कामुक समेत देखिन्छन् । हस्तरेखा विज्ञानका अनुसार शरीरको निम्न भागमा कोठी छ भने ति व्यक्तिहरु निकै प्रतिष्ठित र भाग्यमानी हुने योग हुन्छ ।

१. यदि कुनै मानिसको शरीरको सबैभन्दा तल्लो भाग अर्थात खुट्टाको औलाको मुनि र विशेषतः पैतालामा कोठी आएको छ भने उक्त कोठीलाई सम्पन्नताको प्रतिक मानिन्छ । पैतालाका औलामा आएको कोठीले मानिसलाई मानसम्मान पाउने गन्यमान्य व्यक्तिका रुपमा स्थापित गर्दछ ।

२. यदि कुनै मानिसको कानमा कोठी आएको छ भने ति मानिसहरु भविष्यमा निकै बुद्धिमानि तथा शैक्षिक उपाधिबाट विशिष्ठ पद पाउने व्यक्ति हुनेछन् । कानको कोठीले व्यक्तिलाई ज्ञानी बनाउने विश्वास गरिन्छ । यस्ता कोठी भएका व्यक्तिले ज्ञान र बुद्धिको प्रयोगबाट धन आर्जन गर्नेछन् ।

३. यदि कसैको ढाड पछाडि कोठी छ भने ति व्यक्तिहरु ठूला–ठूला सपना देख्ने महत्वकांक्षी स्वभावका हुन्छन् । उनीहरु सम्पत्तिका भोका हुन्छन् । उनीहरु धन कमाए पनि त्यसलाई बचत गर्नुको साटो खर्च गर्न उद्दत हुन्छन् । उनीहरुको जिवन विलासीतामै बित्ने सम्भावना रहन्छ ।

४. यदि मानिसको खास अंगहरुमा कोठी आएको छ भने त्यसले उक्त मानिसलाई धनवान् बनाउने तथा सदैव शुभ हुने गर्दछ । खास अगंमा भएका कोठी शुभ मानिन्छन् । यि व्यक्तिहरुको प्रभाव सधै उच्चो हुने तथा सुखमय जीवन बित्ने योग हुन्छ ।

५. शास्त्र अनुसार कुनै मानिसको नाइटो वा त्यस आसपासमा कहीँ कोठी आएको छ भने उक्त कोठीलाई समेत निकै शुभ तथा लाभदायक मानिन्छ । यस्ता कोठी भएका मानिसमा शुभकर्म गर्ने उत्साह रहनुका साथै जीवन सुख र समृद्ध भएर बित्ने योग हुन्छ ।

प्रकाशित मिति October 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।