पाेखरा २४ असाेज- बलिउड चर्चित हिराे ऋतिक रोशनका लागि यो वर्ष निकै नै राम्रो रह्यो । उनले अभिनय गरेको चलचित्र ‘सुपर ३०’ ले बक्स अफिसमा राम्रो व्यापार गर्यो । अब अहिले उनको प्रदर्शनमा रहेको चलचित्र ‘वार’ले बक्स अफिसका रेकर्ड तोडिरहेको छ ।
चलचित्र ‘सुपर ३०’का लागि एक बिहारीको भूमिकामा देखिनु र तुरुन्तै ‘वार’का लागि कबीरको भूमिकामा देखिनु उनका लागि निकै चुनौती थियो । ऋतिकले सोसल मिडिया इन्स्टाग्राममा एक भिडियो सार्वजनिक गरेका छन् । जसमा उनी कबीरको भूमिकाका लागि जीममा एक्सरसाइज गरिरहेका छन्।
हेर्नुहाेस् भिडियाेः
यो भिडियो सेयर गर्दै उनले लेखेका छन् । ‘द वदर साइड अफ कबीर बीहाइन्ड द सीन्स्’ उनले अगाडि लेखेका छन्, ‘यो सबै २०१८ मा सुरु भयो ।’ ऋतिकले भनेका छन्, ‘परिवर्तन सबैभन्दा गाह्रो थियो । जसमा मैले गुज्रिनु थियो । एक मात्र व्यक्ति जसलाई मैले दोश दिनु थियो त्यो म आफै थिए ।’
ढाडको चोट बाधा बनेर उनका अगाडि आएको थियो । तरपनि उनले आफ्नो लक्ष हासिल गर्न एक लामो बाटो तय गरे तर त्यहाँ पुग्न उनीसँग समय कम थियो । उनी यस अघिको चलचित्र ‘सुपर ३०’को आनन्द भूमिकाका लागि मोटाएका थिए ।
प्रकाशित मिति October 11, 2019हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।