हङकङमा नम्रताको विकिनी अवतार (१० तस्वीर)

पाेखरा २४ असाेज– नायिका नम्रता सापकोटाले हङकङमा मस्ती गरेका तस्वीरहरु सार्वजनिक भएका छन् । सामुद्रिक छालमा उनी विकिनी अवतारमा निकै बोल्ड देखिएकी छिन् । हालै उनले सामाजिक सञ्जालमा आफ्ना हट तस्विर शेयर गरेकी हुन्।

विभिन्न कार्यक्रममा विदेश भ्रमण गरिरहने नम्रता ‘एच के नेपाली नाइट–२०१९’ कार्यक्रममा सहभागी हुन उनी हङकङ पुगेकी हुन् । नम्रताले थुप्रै म्युजिक भिडियो र केही चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् ।

हेर्नुहाेस् उनका फाेटाे फिचरः

याे पनि पढ्नुहाेस्ः
मधुमेहदेखि क्यान्सरसम्म निको पार्ने करेलाका फाइदा

तिते करेला तरकारीका रुपमा हामीले प्रयोग गर्दै आए पनि यसले मानव स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे सबैलाई थाहा नहुन सक्छ । तीते करेलामा प्रशस्त मात्रामा औषधीय गुणहरु हुन्छन् । जुन विषयमा यहाँ प्रस्तुत गरिएको छ ।

तिते करेला खाँदामा तीतो भएपनि स्वास्थ्यका लागि यो निकै उपयुक्त मानिन्छ । मधुमेह रोगका लागि राम्रो मानिने करेलाले क्यान्सर हुनबाट समेत जोगाउने एक अध्ययनले देखाएको छ ।

अमेरिकाको सेन्टलुईस विश्वविद्यालयका शोधकर्ताहरूले करेलाले क्यान्सरका कोशिकाहरू नष्ट गर्ने कुरा पत्ता लगाएका छन् । शोधकर्ताहरूले करेलामा पाइने एक रासायनिक तत्व जसले क्यान्सरका कोशिकाहरूमा ग्लूकोजको प्रयोगलाई रोक्दछ ।

ग्लूकोजले कोशिकाहरूमा उर्जा ल्याउने गर्दछ । जसले क्यान्सरको रोग विस्तार गर्दछ । ग्लूकोजको प्रवाह बन्द हुनाले क्यान्सरका कोशिकाहरू अन्त्य हुन थाल्दछन् । करेलाले टाउको दुख्ने, घाँटी एवं पेटको क्यान्सरमा समेत ओखतिको काम गर्ने दावी गरिएको छ । विश्वविद्यालयका प्रोफेसर रे का अनुसार, करेलाको प्रयोगबाट विकसित औषधिहरू बनाउन सकिन्छ, जसले बिना साइड इफेक्ट क्यान्सरयुक्त कोशिकाहरू नष्ट गर्न मद्दत गर्दछ ।

प्रकाशित मिति October 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।