‘मगधिरा’बाट चर्चित बनेकी काजल अग्रवालका सुन्दर २१ तस्वीर

पाेखरा २४ असाेज– साउथ इन्डियन चलचित्र हुँदै बलिउडमा प्रवेश गरेकी अभिनेत्री काजल अग्रवाल सधैँ चर्चामा रहन्छिन् । सुन्दर अनुहार, पहिरन र अभिनयका कारण उनी चर्चा हुन्छिन् । सिंघम फिल्ममार्फत बलिउडमा डेब्यु गरे पनि उनी बलिउडमा भने खासै जम्न सकिनन् ।

बलिउडमा जम्न नसके पनि साउथ फिल्ममा उनी शीर्ष अभिनेत्रीको रुपमा परिचित छन् । उनले रणदीप हुड्डासँग ‘दो लफ्जोङकी कहानी’ र ‘स्पेशल–२६’मा पनि काम गरिसकेकी छन् । त्यसपछि उनले अन्य बलिउड फिल्म भने गरेकी छैनन् ।

सिंघम फिल्ममा अजय देवगनसँग काम गरिन्, फिल्म सुपरहिट भयो, तर काजल भने छाँयामा परिन् । काजलले बलिउड नफापे पनि साउथ फिल्ममा उनी डिमान्डेड अभिनेत्री नै हुन् । फिल्मी करियर शुरु गर्नुपूर्व उनी विज्ञापनमा काम गर्दै आएकी थिइन् । काजलको करियरकै सुपरहिट फिल्म राजामौलीको मगधिरा हो । उनले इन्टाग्राममा सेयर गरेका तस्वीर यस्ता छन्-

याे पनि पढ्नुहाेस्ः
‘कबीर सिंह’ गर्ल कियाराको ट्वीटर खाता ह्याक, फ्यानलाई यस्तो आग्रह

‘कबीर सिंह’ गर्ल कियाराको ट्वीटर खाता ह्याक, फ्यानलाई यस्तो आग्रह कबीर सिंह’ गर्ल कियारा आडवाणीको ट्वीटर एकाउन्ट ह्याक भएको छ । कियाराले आफ्नो ट्वीटर खाता ह्याक भएका कारण फ्यानलाई सावधानी हुन भन्दै इन्स्टाग्राममा एक पोस्ट गरेकी छिन् ।

‘मेरो ट्वीटर एकाउन्ट ह्याक भएको छ, हामी यसलाई फर्काउने प्रयासमा छौँ, पोस्ट भएका अनावश्यक ट्वीटलाई ख्याल गर्नुहोला,’ उनले लेखेकी छिन् । यसको केही घण्टापछि कियाराले फेरि अर्को पोस्ट गर्दै उनको ट्वीट एकाउन्टबाट पठाइएको कुनै पनि लिंक क्लिक नगर्न आग्रह गरेकी छिन् ।

उनका अनुसार एकाउन्ट अझै पनि ह्याक छ । र, उनले कुनै पनि लिंक पठाएकी छैनिन् । चलचित्र ‘कबीर सिंह’ मा शाहिद कपूरको अपोजिटमा देखिएकी कियारा उक्त फिल्मपछि चर्चामा छिन् । यसअघि शाहिद कपूरको पनि एकाउन्ट ह्याक भएको थियो । यस्तै केही समयअघि बलिउड अभिनेता अमिताभ बच्चन र गायक अदनान सामीको एकाउन्ट पनि ह्याक भएको थियो ।

सीको स्वागतका लागि १८ प्रकारका तरकारी र फलफूलबाट बनेको स्वागतद्वार तयार

सीको स्वागतका लागि १८ प्रकारका तरकारी र फलफूलबाट बनेको स्वागतद्वार तयार चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको शिखर बैठकका लागि आज भारत जाँदैछन् ।

उनी स्थानीय समय अनुसार दिउँसो दुई बजे चेन्नाइमा अवतरण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् .सीको स्वागतका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विहान चेन्नाइ पुगेका छन् । चेन्नाइको नजिक ममल्लापुरममा मोदी–सीबीच शिखर बैठक हुने तय भएको छ ।

मोदीसँगको शिखर बैठक सकिएपछि सी नेपाल भ्रमणका लागि आउने छन् । सी शनिवार नेपाल आउने छन् । सी को स्वागतका लागि फलफूगको गेट भारत भ्रमणमा आउने भएसँगै सीको स्वागतका लागि भव्य तयारी गरिएको छ । ठाउँठाउँमा पार्कहरु निर्माण गरिएका छन् ।

यस्तै तामिलनाडुको बागवानीले सीको स्वागतका लागि तरकारी र फलफूलले बनेको विशेष प्रकारको गेट नै निर्माण गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार करिब २०० कर्मचारीले १० घन्टा लगाएर फलफूल र तरकारीले बनेको गेट निर्माण गरेका हुन् । जहाँ १८ किसिमको फलपूलको प्रयोग गरिएको छ । उक्त फलफूल र तरकारी प्रदेशका विभिन्न भागबाट ल्याइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति October 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।