फ्राइडे रिलिज : हलमा ‘छ माया छपक्कै’ (भिडियाे)

पाेखरा २४ असाेज- शुक्रबारबाट नेपाली चलचित्र घरहरुमा वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको घरेलु चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा आएको छ । ‘छक्कापञ्जा’ टिमले नै निर्माण गरेको यो चलचित्र कमेडी जनरामा नै निर्माण भएको छ । यस चलचित्रलाई निर्देशन भने दीपेन्द्र लामाले गरेका छन् । चलचित्रको कथासमेत निर्देशक लामाले नै लेखेका हुन् भने चलचित्रमा दीपा श्री निरौला निर्देशन सल्लाहाकार छिन् ।

आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको यस चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको मुख्य अभिनय रहेको छ । चलचित्रमा रोहित अधिकारीले लगानी गरेका छन् ।

‘छक्कापञ्जा’को टीम यस चलचित्रमा भएकाले पनि चलचित्रबाट निकै नै आशा गरिएको छ । चलचित्रले क्युएफएक्स चेनमा उत्साहजनक शो पाएको छ । यस चलचित्रले काठमाडौंभित्र मात्रै २२ र काठमाडौं बाहिर २० शो पाएको छ ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 11, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।