पोखरा चिप्लेढुंगा चोकमै भासियो सडक : स्थानिय त्रसित !

पोखराको मुख्य ब्यापरिक क्षेत्र चिप्लेढुंगा चोकको सडक भासिएको छ । शनिबार पूर्वान्हको समयमा गाडी चलिरहेकै अवस्थामा सडक भासिएको हो । सो ठाउँमा खाल्टो परेको छ । खाल्डो परेको स्थानमा सवारी जान नदिन रोकिएको छ भने सुरक्षाकर्मी परिचालन गरिएको छ । यसअघि पनि पोखराको न्यूरोड लगायतका क्षेत्रहरु भासिएको थियो । पानी पर्नासाथ सोस्ने बलौटे जमिन भएको पोखरामा यस्ता घटनाहरु भइरहेका छन् । यसरी मुख्य बजारमा नै जमिन भाँसिदा स्थानियहरु त्रसित बनेका छन् ।

प्रकाशित मिति June 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।