सुरज श्रेष्ठको गीतमा कार्टुन क्रुका सरोज र आश्माको रोमान्स, १८ घण्टामा २ लाख बढीले हेरे (भिडियो)

गायक सुरज श्रेष्ठको आवाजमा समावेश ‘जिस्काम्छे मुइयाले’ सार्वजनिक भएको छ । द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्मा पछिल्लो समय खुबै रुचाइएको जोडी हो । यही जोडीले अभिनय गरेको निकै नै रोमानिटक गीत ‘जिस्काम्छे मुइयाले’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको १८ घण्टामा नै २ लाख बढीले हेरिसकेका छन् । भिडियोमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, लाक्पा डी लामा, राम घले, सुविन चौहान, साजन चौहान लगायतको अभिनय गज्जब सुहाएको छ ।

गायक सुरज श्रेष्ठको आवाजमा समावेश ‘जिस्काम्छे मुइयाले’ यस गितमा दिपक शर्माको शब्द तथा संगीत रहेको यो गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ । ज्ञानेन्द्र शर्माको छायांकन, द कार्टुन क्रुको कोरियोग्राफी रहेको भिडियोमा सरोज अधिकारीको निर्देशन रहेको भिडियो निकै रुचाइएको छ । कार्टुन क्रु कै च्यानलबाट सारूवजनिक गित हालसम्म २ लाख भन्दा बढीले हेरिसकेका छन ।

भिडियो ः

प्रकाशित मिति June 15, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।