आमालाई करेन्ट लागेर ढलेपछि बचाउन गएका छोराको पनि नि*धन, दशैको मुखमा आमा छोराको नि*धन !

हेटौँडा उपमहानगरपालिका–१७ राजदेवीमा करेन्ट लागेर दुईको निधन भएको छ । दिउँसो करीब ११ः३० बजे ५५ वर्षीया लेखमाया पराजुली घाँस काटने क्रममा बिजुलीको करेन्ट लागेकाले कराउँदा निजकै छोरा २८ वर्षीय मदन पराजुली आमालाई बचाउने क्रममा निजलाई पनि करेन्ट लागी घा*इते भए ।

उपचारका लागि हेटौँडाको चुरेहिल अस्पतालमा ल्याउँदा दुवैको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका उपरीक्षक मुकेशकुमार सिंंहले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार बुहारी रेनुका पराजुली भने घाइते भएको र थप उपचारका लागि चितवन पठाइएको जनाएको छ ।

केही दिनदेखि नै बिजुलीको नां गो तार चुँडिएको जानकारी गराउँदा पनि विद्युत प्रधिकरणले वेवास्ता गरेको कारण अनाहकमा दुईको ज्या न गएको स्थानीयहरुले आरोप लगाएका छन् ।

प्रधिकरणले समयमा नै मर्मत नगर्दा २ जनाको ज्या न गएकोले प्राधिकरणले क्षतिपूर्ति दिनुपर्ने र कर्मचारीलाई कानूनी कार्वाही गर्नुपर्ने स्थानीयले माग गरेका छन् । घटना स्थल सदरमुकाम हेटौंडाबाट करीब ५ किलोमिटरको दुरीमा रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले जनाएका छन् ।

प्रकाशित मिति October 7, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।