पोखरामा जीप र स्कुटर एकापसमा ठोक्किदा दुई जनाको मृत्यु

पोखरा–२६ सुन्दरी बजारमा जीप र स्कुटर एकापसमा ठक्कर खाँदा पोखरा-२७ आदर्शचोक बस्ने स्कुटर चालक वर्ष २५ का हिमाल गुरुङ र पछाडि बसेका सोही स्थानका २३ वर्षीय रक्ष गुरुङको मृ*त्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक मुरारी मिश्रले जानकारी दिए।

तालचोकबाट विजयपुर आउँदै गरेको ग२च ९९५० नम्बरको बोलेरो जीप र विपरीत दिशातर्फ जाँदै गरेको ग१५प ४३८० नंको स्कुटर ठोकिएका थियो। शनिबार बिहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृ*त्यु भएको हो ।

दुर्घटनामा गम्भीर घा*इते भएका दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकामा चिकित्सकले मृ*त घोषणा गरेको प्रहरीको भनाइ छ। घटनालगत्तै जीप र चालकलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति October 5, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।