दुबो र बेलपत्रको ओढार भित्र बस्ने माता भन्छिनः श्रीमानलाई अर्की बिहे गर्न भनेकी छु (भिडियाे)

स्याङ्जा १७ असाेज– १५ महिनादेखी अन्न नखाएर निरहार बसेकी एक महिलाले स्याङजामा १० दिन देखि दुबो र बेलपत्रको भरमा मौन ब्रत सहित तपस्या गर्दै आएकी छन् । अर्घखाँची घर भई बुटवलमा बस्दै आएकी आफुलाई हरीदाशी भन्ने महिलाले १० दिन देखि बेलपत्र, दुबो र गण्डकीको जल खाएर मौन ब्रत समेत बसेकी हुन् ।

अत्यन्तै कठिन यात्रा गरेर पुग्न सकिने कालीगण्डकी किनार नजिकै रहेको गुफामा उनले तपस्या गर्दै आएकि छन । गल्याङ नगरपालिका १ रामनदीधाम नजिकै रहेको उक्त गुफा अहिले सम्म कसैले पनि नदेखेकोले अनौठो रहेको स्थानीयले बताएका छन् । सिद्धार्थ राजमार्गमा पर्ने राम्दी स्थित परेवा भिरबाट तल खोल्साको बाटो करिब २० मिनेटको अत्यन्तै कठिन ओरालो झरेपछी कालीगण्डकी नदीको किनारमा यो गुफा भेटिन्छ ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।