पृथ्वीनारायण शाहकालीन पोशाकमा सजिएको सेना अब गोरखा दरबारमा

गोरखा १७ असाेज— अब गोरखा दरबारमा पृथ्वीनारायण शाहकालीन सेना खटिएको छ । कालो दौरासुलुवार, टाउकोमा चातोडा, कम्मरमा खुकुरी अनि हातमा भरुवा बन्दुकसहितको गोरखा दरबारमा सेना खटिएको हो ।

इतिहासको झल्को दिँदै आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउने लक्ष्यका साथ शुक्रबारबाट नेपाली सेनाको टुकडी खटिएको हो । यसअघि काठमाडौंस्थित हनुमानढोकामा मात्र यस्तो पोशाकमा सजिएर नेपाली सेना बस्दै आएको थियो । हनुमानढोकास्थित शार्दल जंग गुल्मको एक टुकडीलाई गोरखा दरबारमा राखिएको नेपाली सेना रणसिंदल गणका प्रमुख उज्ज्वल केसीले बताए ।

चार सय वर्ष अघिको कालो दौरा सुरुवाल कतिपय मान्छेले चिन्दैनन्, यो जीवित इतिहास हो,’ उनले भने,‘यसको संरक्षण त हुने नै भयो, पृथ्वीनारायण शाहकै जन्मस्थलमा उहाँले नै स्थापना गरेको सेना, त्यही बेलाको पोशाकसहित बस्दा गोरखा दरबार आउनेको संख्यामा पनि अझै बढ्छ ।’

इतिहासको सम्झना र सम्मान गर्दै भ्रमण वर्ष २०२० लाई लक्षित गरि यसरी नेपाली सेना खटाइएको केसीले बताए । ‘यहाँ आउने स्वदेशी र विदेशी पर्यटकलाई पनि नेपाल एकीकरणको क्रममा कस्ता पोशाकमा सेना थिए वास्तविक हेर्न पाउने भए,’ उनले भने ।

यसरी नेपाली सेना बसेपछि पर्यटन प्रवर्द्घनमा सघाउ पुग्ने गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले बताए । ‘चार सय वर्ष अघिको कालो दौरा सुरुवाल कतिपय मान्छेले चिन्दैनन्, यो जीवित इतिहास हो,’ उनले भने,‘यसको संरक्षण त हुने नै भयो, पृथ्वीनारायण शाहकै जन्मस्थलमा उहाँले नै स्थापना गरेको सेना, त्यही बेलाको पोशाकसहित बस्दा गोरखा दरबार आउनेको संख्यामा पनि अझै बढ्छ ।’

उक्त पोशाकमा सजिएको सेना बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म गोरखा दरबारमा रहने छन् । ‘त्यही बेला प्रयोग भएको पोशाक र हतियार सहितको सेना राखेका हौँ,’ उनले भने ।

गोरखा दरबार पुननिर्माणको क्रममा रहेकाले अहिले गोरखा कालिका दरबारमा दैनिक दुई जना पृथ्वीनारायण शाहकालीन पोशाकमा सजिएर बस्नेछन् । पुननिर्माण सकिएपछि गोरखा दरबारकै एक भागमा सेना रहने जनाइएको छ । उक्त गुल्म पृथ्वीनारायण शाहकै पालामा स्थापना भएको नेपाली सेनाले जनाएको छ । उक्त पोशाकमा सजिएको सेना बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म गोरखा दरबारमा रहने छन् । ‘त्यही बेला प्रयोग भएको पोशाक र हतियार सहितको सेना राखेका हौँ,’ उनले भने । इतिहासको झल्को दिने खालको पोशाकमा सजिएका नेपाली सेनासँग आगन्तुकले तस्बिर समेत लिन सक्ने छन् ।

प्रकाशित मिति October 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।