यस्ताे देश जहाँ हाकिमसँग अनुमति लिएर गर्भाधारण ?

पाेखरा १७ असाेज- यस्ताे १ नियम छ जुन सुन्दा तपाईंलाई छक्कै लाग्न सक्छ । विश्वमा अनेकन नीति र नियम हुन्छ । जसले हामीलाई अचम्मित बनाउँछन् । जापानमा गर्भधारणका लागि समेत हाकिमसँग इजाजत लिनुपर्छ भन्ने कुरा सुन्दा पनि पत्यार नलाग्न सक्छ । तर, नपत्याई सुख नै छैन । प्रसङ्ग जापानको हो ।

कम्पनीको आदेशलाई पालना गरि पालैपालो गर्भाधारण गर्ने हो भने त्यहाँ कार्यरत महिला कर्मचारीमध्ये एकजनाले बच्चा जन्माउनका लागि ३५ वर्षको उमेरसम्म कुर्नुपर्ने देखिएको छ ।

समाचारमाध्यमहरुले जनाए अनुसार, जापानको १ कम्पनीका हाकिमले अाफ्नो कार्यलयमा काम गर्ने एकजना महिला कर्मचारीलाई अाफूलाई जनाकारी नै नदिई गर्भवती भएको भन्दै अपमानित गरेको खुलासा गरेका छन्। यतिमात्र नभइ त्यो कम्पनीले आफ्ना अन्य २२ महिला कर्मचारीहरुलाई समेत इमेलमार्फत सन्देश पठाउँदै वरियताको क्रमलाई भंग गरी गर्भधारण गर्ने गल्ती नगर्न समेत आदेश दिएको छ ।

कम्पनीमा काम गर्ने महिला कर्मचारीहरुले बच्चा जन्माउनका लागि हाकिमको अनुमति लिनुपर्ने कुरा अघोषित कानून जस्तै बनाइएको बताइएको छ

समाचारमा उल्लेख भए अनुसार, कम्पनीको आदेशलाई पालना गरि पालैपालो गर्भाधारण गर्ने हो भने त्यहाँ कार्यरत महिला कर्मचारीमध्ये एकजनाले बच्चा जन्माउनका लागि ३५ वर्षको उमेरसम्म कुर्नुपर्ने देखिएको छ । अहिले त्यो कम्पनीमा काम गर्ने महिला कर्मचारीहरुले बच्चा जन्माउनका लागि हाकिमको अनुमति लिनुपर्ने कुरा अघोषित कानून जस्तै बनाइएको बताइएको छ ।

अझ अनौठो कुरा के छ भने त्यहाँ बच्चा जन्माउँदा मात्र होइन, अविवाहित महिला कर्मचारीले बिहे गर्नुपर्दा समेत हाकिमलाई जानकारी गराउनु पर्छ । अन्यथा विहे गर्न समेत पाइदैन ।

प्रकाशित मिति October 4, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।