काईलीको ब्रेकअप

पाेखरा १६ असाेज- टीवी रिएलिटी स्टार काइली जेनरको ब्वाईफ्रेन्ड ट्रैविस स्कटसंग ब्रेकअप भएको छ। अक्सर प्रेमसम्बन्धको बारेमा बेलाबखतमा चर्चामा आइरहने काईलीले सामान्य खटपटका कारण प्रेमीलाई ब्रेकअप दिएकी हुन्। काइली र ट्रैविसका एक छोरी पनि रहेकी छिन।

यो वर्ष काईली अमेरिकाको सबभन्दा धनि महिलाको सुचिमा सुचिकृत छन। कस्मेटिक्स प्रोडक्ट कम्पनीकी मालिकनी काईलीको कुल सम्पति ९० करोड डलर भन्दा माथि रहेको छ। पछिल्लो समय एक इभेन्टमा सपरिवार एकसाथ देखिएका काईली त्यसपछि भने कुनै पनि सार्वजनिक कार्यक्रममा एकसाथ देखिएका छैनन्। र्यापर ट्रैविस स्कट र काइली जेनर पछिल्लो दुई बर्षदेखि एक अर्कालाई डेट गर्दै आइरहेका थिए। छोरीको कारणले गर्दा पनि यी दुईको मिलन हुन सक्ने अनुमान गरिएको छ।

हेर्नुहाेस् उनीहरूकाे फाेटाे फिचरः

प्रकाशित मिति October 3, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।