स्वस्तिमालाई निश्चलको आट नै मन पर्यो : “घामड शेरे” (गीत)

पाेखरा १६ असाेज- नेपाली फिल्म “घामड शेरे”को “साली मन पर्यो” बोलको पहिलो गीत सार्वजनिक भएको छ । कालीप्रसाद बाँस्कोटा र अश्मिता अधिकारीको स्वर छ । यस गीतमा कालीप्रसाद बाँस्कोटाको नै शब्द तथा संगीत रहेको छ भने रिकेश गुरुङको एरेंज रहेको छ । ससुराली टेके पछि साली मन परेको कुरा गरिएको उक्त गीतमा सालीको आनी बानी र बोली मन परेको कुरा गरिएको छ भने सालीलाई भेनाजुको आट मन परेको कुरा गरिएको छ ।

सुर्खेतबाट सुरु भएको फिल्मको छायांकन ३८ दिनमा सकिएको हो । फिल्ममा काली प्रसाद बासकोटाको शब्द , काली प्रसाद बासकोटा र बुद्ध सागरको संगीत रहेको छ भने सुरेन्द्र पौडेलको संपादन रहेको छ । फिल्म तिहारको अवसर पारेर कात्तिक ८ गतेबाट रिलिज हुँदै छ ।

रोमान्टिक डान्सिङ नम्बरको उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई डान्सिङ मुडमा फिर्चड गरिएको छ । गीतको भिडियोमा निश्चल र स्वस्तिमालाई निकै राम्रो नृत्य गर्दै देख्न सकिन्छ । गीतको भिडियोमा प्रदीप लामा (द नेक्स्ट)को कोरियोग्राफी रहेको छ । यस अघि फिल्मको पोस्टर सार्वजनिक भइसकेको छ ।

फिल्ममा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय रहेको छ ।

हेमराज विसीको निर्देशन रहेको फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ । यी दुईले उक्त फिल्ममा पहिलो पटक स्क्रिन शेयर गर्दैछन् ।उनीलाई फिल्ममा श्रीमान्श्री-मतीको भूमिकामा देख्न पाइने बताइएको छ । फिल्ममा सुष्मा निरौला, बादल भट्ट, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय रहेको छ । भने, अभिनेत्री गौरी मल्ललाई अतिथि भूमिकामा देख्न सकिनेछ । फिल्ममा कथा, पटकथा र लगानी निर्देशक हेमराज बिसीको नै रहेको छ । नरेन्द्र विक्रम बुढा क्षेत्री कार्यकारी निर्माता रहेको फिल्ममा प्रदिप लामाको कोरियोग्राफी रहेको छ । फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहेको छ ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति October 3, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।