अभिनेता ‘अनमोल केसी र जान्हवी कपूरलाई’ लिएर बलिउड चलचित्र बनाउने

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’का निर्देशक पेमा धोन्डुपले अभिनेता अनमोल केसीलाई बलिउड चलचित्रका लागि अफर गरेका हुन् ।

पाेखरा १५ असाेज- नेपाली चर्चित अभिनेता अनमोल केसीलाई एक बलिउड चलचित्रका लागि अफर आएको छ । फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’का निर्देशक पेमा धोन्डुपले अभिनेता अनमोल केसीलाई बलिउड चलचित्रका लागि अफर गरेका हुन् । धेरै निर्देशक निर्माताहरुले उनलाई अफर गरिरहेको भए पनि कुनै चलचित्रमा काम गर्ने।

त्यसकाे निर्णय भने अनमोलले गरेका छैनन् । उनी केही सयम ग्याप गरेर मात्र चलचित्र गर्ने मनस्थितिमा रहेको बताइन्छ ।बलिउड चलचित्रका लागि अफर आए पनि अनमोलले भने त्यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । श्रोतका अनुसार उनले चलचित्रको कन्सेप्ट भने सुनिसकेका छन् । त्यस चलचित्रमा अनमोलले काम गर्ने पक्का भए।

त्यस चलचित्रमा काम गर्न तयार भए अनमोललाई ७० देखि ८० लाख रुपैयाँसम्म पारिश्रमिक दिन निर्माण टिम तयार देखिएको छ ।

निर्देशक पेमा उनको अपोजिटमा बलिउड अभिनेत्री जान्हवी कपूरलाई अफर गर्ने सोचमा रहेको बताइएको छ । त्यस चलचित्रमा बलिउड अभिनेता गुलशन ग्रोवरको पनि अभिनय रहनेछ ।त्यस चलचित्रमा काम गर्न तयार भए अनमोललाई ७० देखि ८० लाख रुपैयाँसम्म पारिश्रमिक दिन निर्माण टिम तयार देखिएको छ ।

अनमोललाई यसअघि पनि एक बलिउड चलचित्रमा अफर आएको थियो । त्यस चलचित्रमा अनमोलले लिखित सम्झौता समेत गरेको बताइएको थियो । तर, हालसम्म पनि त्यस चलचित्रको सम्भावना नरहेको बताइन्छ । अनमोल पनि त्यस कुरामा मौन देखिएका छन्

प्रकाशित मिति October 2, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।