पोखरा पुगेर गलबन्दी’ गीतमा राजेश हमालले गरे यस्तो बबाल डान्स (भिडियोसहित)

पोखरा गएको बेला राजेशले करिब ८ बर्षपछि करिश्मा मानन्धरलाई पनि भेटे ।

राजेश हमाल यतिबेला पोखरामा छन् । उनी आफ्नो विशेष कामले पोखरा गएका थिए । यस्तै पोखरा गएर उनले रिबन काटेर एक नयाँ रेष्टुरेन्ट ओपन पनि गरेका छन् । त्यतिमात्र नभएर राजेश हमालले अहिले सर्वाधिक चर्चामा रहेको गीत गलबन्दीमा डान्स पनि गरेका छन्। वास्तवमा राजेश हमाल नाच्न नजान्ने अभिनेताको सुचीमा पर्छन् । उनी आफ्नो तरिकाले नाच्न सक्छन् तर कसैले सिकाएको नाच्न भने उनर्ला मुश्किल पर्छ । सबैले हात तानेर लगेपछि राजेशले गलबन्दी गीतमा नाचेका हुन् ।राजेश नाच्दाँ त्यहाँको माहोल नै निकै रमाइलो बनेको थियो । सबैले राजेशको लागि निकै हुटिङ पनि गरिरहेका थिए । राजेश पनि सबैले आफूलाई साथ दिएको देखेर खुसी भएका थिए । पोखरा गएको बेला राजेशले करिब ८ बर्षपछि करिश्मा मानन्धरलाई पनि भेटे ।

१ करोड ८ लाखले हेरे सपुतको गलबन्दी
‘बोल माया निस्किएको ठीक एक वर्षपछि सोही टिमले नयाँ गीत गलबन्दी लिएर आएका छाैं । तपाईंहरुको माया, सल्लाह, सुझाव, लाइक, कमेन्ट सेयर सब्सक्राइबको अपेक्षा राखेका छौं । हामीले दुःख गरेर बुनेको गलबन्दी उपहार तपाईंहरुलाई,’ दुई साताअघि प्रकाश सपुतले यस्तो लेख्दै युट्युबमा अपलोड गरेको ‘गलबन्दी’ करोड क्लबमा प्रवेश गरेको छ । १५ दिनभित्रै यतिधेरै दर्शका पाएको गलबन्दी यतिबेला चोरीको विवादमा मुछिएकाे छ । गायक शम्भु राईको गीतको भाका चोरी गरेको आरोप लागे पनि यसको पुष्टि भइसकेको छैन । तर, सपुतले भने युट्युबमा भने बाजी मारेका छन् । उनको म्युजिक भिडियो हेर्ने दर्शकको संख्या १ करोड ८ लाख नाघेको छ ।

भिडियोः

प्रकाशित मिति June 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।