राखी सावन्तले बिग बोस र सलमान खानलाई धोका दिइन्, फ्यानले यसरी रिस पोखे

पाेखरा १३ असाेज- बलिउडकी कन्ट्रोभर्सी क्विन भनेर चिनिने राखी सावन्त सधैं चर्चामा रहन चाहन्छिन् । उनको सामाजिक संजाल पोस्ट हेर्दा उनको चर्चाको भोक प्रस्ट हुन्छ । गोप्य व्यक्तिसँग गोप्य बिहे गरेपछि चर्चामा रहेकी राखी सावन्तका पति को हुन् भन्ने धेरैले देखेका छैनन् । फ्यानहरु उनका पतिलाई देख्न चाहन्छन् । फ्यानको यही चाहना देखेपछि राखीले बिग बोस १३ को प्रिमियरमा आफू पतिसमेत आउने बताएकी थिइन् ।

बिगबोसको प्रिमियर सकियो तर त्यहाँ राखी र उनका पति भने आएनन् । फ्यानले राखीका पतिलाई हेर्न कुरेर बसिरहे तर यो प्रतिक्षा त्यत्तिकै सकियो । राखीको यो झुटपछि फ्यानहरु रिसाएका छन् । उनीहरु राखीले पहिले शेयर गरेको भिडियोमा कमेन्ट गरेर रिस पोखिरहेका छन् । उनीहरुले राखीलाई झुट बोलेको भन्दै गाली गरिरहेका छन् ।

हेर्नुहाेस् उनीहरूकाे फाेटाे फिचरः

उनको सामाजिक संजाल पोस्ट हेर्दा उनको चर्चाको भोक प्रस्ट हुन्छ । गोप्य व्यक्तिसँग गोप्य बिहे गरेपछि चर्चामा रहेकी राखी सावन्तका पति को हुन् भन्ने धेरैले देखेका छैनन् । फ्यानहरु उनका पतिलाई देख्न चाहन्छन् । फ्यानको यही चाहना देखेपछि राखीले बिग बोस १३ को प्रिमियरमा आफू पतिसमेत आउने बताएकी थिइन् ।

बिगबोसको प्रिमियर सकियो तर त्यहाँ राखी र उनका पति भने आएनन् । फ्यानले राखीका पतिलाई हेर्न कुरेर बसिरहे तर यो प्रतिक्षा त्यत्तिकै सकियो । राखीको यो झुटपछि फ्यानहरु रिसाएका छन् । उनीहरु राखीले पहिले शेयर गरेको भिडियोमा कमेन्ट गरेर रिस पोखिरहेका छन् । उनीहरुले राखीलाई झुट बोलेको भन्दै गाली गरिरहेका छन् ।

प्रकाशित मिति September 30, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।