पाेखरा १३ असाेज- बलिउडमा सय करोड क्लबका राजा मानिने अक्षय कुमारलाई उनका प्रशंसकले खेलाडी कुमारका रूपमा चिन्छन्। अक्षय कुमारले मुम्बईस्थित डन बोस्को स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेका थिए।
उच्च शिक्षाका लागि उनले मुम्बईकै गुरु नानक कलेजमा भर्ना लिएका थिए, तर किन हो कुन्नी बीचमै पढाइ छाडे। बलिउडमा भाइका रूपमा परिचित सुपर स्टार सलमान खानले मुम्बईस्थित सेन्ट स्ट्यानिलस हाइ स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेका थिए। त्यसपछि उनी कहिले कलेज भर्ना भएनन्। त्यसपछि उनले अाफ्नाे भविष्य फिल्म तर्फ लगेका हुन्।
हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।