यसकारण प्रनेश गौतम रिहा

फरक शैलीमा चलचित्र ‘वीर विक्रम–२’को समीक्षा गरेपछि पक्राउ परेका मिम नेपालका प्रस्तोता प्रनेश गौतम रिहा भएका छन् । चलिचत्र निर्देशक मिलन चाम्लिङ राई (मिलन चाम्स)ले प्रहरीमा दर्ता गरेको उजुरी फिर्ता लिएपछि गौतम बिहीबार राति रिहा भएका हुन् । फिल्म निर्देशक चाम्सले उजुरी दिएपछि प्रहरीले गौतमलाई विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ गरेको थियो । गौतम पक्राउ परेपछि सरकार निरङ्कुश हुँदै गएको भन्दै सडकमा नै चर्को विरोध भएको थियो ।

चलचित्र समीक्षक समाज नेपालले पनि समीक्षा गर्ने विविध तरिका हुने भन्दै समीक्षा गरेकै भरमा पक्राउ गर्नु गलत भएको बताएको थियो । यद्यपि अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दा जाति, धर्म, वर्ण, लिंग, पहिरन तथा शारीरिक बनोटमाथि नकारात्मक टिप्पणी पनि समाजलाई मान्य नरहेको समीक्षक समाजले जनाएको थियो । उनले गरेको फरक शैलीको समिक्षाले स्विकार्नु पर्ने बुद्धजिविहरूले बताएका छन् ।

प्रकाशित मिति June 14, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।