२०७७ वर्षको दशैँमा ३ फिल्म भिड्दै ?

पाेखरा ११ असाेज- फिल्म रिलिजको लागि सबै भन्दा बढी पर्खिने भनेको नयाँ वर्ष र दशैँ नै हाे । नेपाली रजतपटकर्मी फिल्म रिलिजको विशेष अवसर कुरिरहेका हुन्छन् । नयाँ वर्षको छेकोमा प्रदर्शनमा आएका रजतपटका फिल्महरुमा कमै फिल्महरुले हावा खाएका छन् । अर्को विशेष अवसर भनेको दशैँ हो । नेपालमा ८० प्रतिशत भन्दा बढी हिन्दु धर्मावलम्बिहरुको बसोबास रहेको छ ।

उनीहरुले महान पर्व दशैँ तामझामका साथ मनाउने गर्दछन् । अन्य समय भन्दा बढी समय व्यस्त जीवनशैलीबाट मुक्त हुने प्रयास गर्दछन् । मौशम पनि सहज र अनुकुल रहन्छ । रजतपटका फिल्मकर्मीहरुमा फिल्म फ्लोरमा जानु अगावै फिल्मको प्रदर्शन मिति घोषणा गर्ने प्रवृति रहेको छ । त्यसमा पनि बलिया ब्यानरका फिल्महरुले दशैँ लक्षित गर्दैछन् । अर्को वर्षको दशैँ लक्षित फिल्महरुको हालत ‘बकम्फुसे राजा’को जस्तो बकम्फुसे चाँही नहोस् ।

अरु समयको भन्दा दर्शकको हलमा चाप बढी हुने र दर्शकको चाप भएको समयको फिल्म लगाउँदै मुनाफा आर्जन गर्ने क्रममा अधिकंश फिल्म मेकरहरुको ध्यान रहन्छ । गत वर्ष नै यसवर्षको दशैँको रिलिज गर्ने भन्दै प्रकाश सुवेदीले ‘बकम्फुसे राजा’ घोषणा गरेका थिए । उनलाई पनि दशैँ रिलिजको लोभ थियो । सुवेदीको घोषणा पनि बकम्फुसे नै भयो । अहिले फिल्मको अत्तोपत्तो छैन । उनी आफ्नो सञ्चारकर्ममै व्यस्त छन् ।

कथा तयार नहुँदै ओभरसिज राइट्स बिक्री गरिसकिएको फिल्म ‘एन्टी हिरो’ पनि अर्को वर्षको दशैँमा प्रदर्शनमा आउने जनाइएको छ ।

दशैँको छेको पारेर पछिल्लो समय फिल्म रिलिजको समय पर्खने समूह हो दीपकराज गिरी र उनको समूह । फिल्र्म छक्का पन्जा’ भदौमा रिलिज भएपनि दशैँसम्म टिक्दै दशैँमा व्यापारको स्केल बढेपछि यो समूहलाई पनि दशैँ रिलिजको लोभ लागेको हो । उक्त समूहले फिल्मका वान लाइन स्टोरी तयार हुँदाखेरि नै दशैँको छेकोमा फिल्म रिलिज गर्ने मनस्थिति बनाउने फिल्मी वृतमा चर्चा छ । यस वर्षको दशैँ रिलिज पाउन यो समूहलाइ पापड बेल्नुपर्यो । दशैँमा आउने भनिएको फिल्म ‘छ माया छपक्कै ’ अन्ततः टिकाको २ दिन पछाडिमात्र प्रदर्शनमा आउने छ ।

अशाेक शर्माले अर्को वर्षको दशैँलाई लक्षित गर्दै फिल्म ‘अल्लारे २’ निर्माण गर्ने भएका छन्

दशैँ मौका छोपि फिल्म रिलिज गर्ने निर्माता-निर्देशक हुन् अशोक शर्मा । गतवर्षको दशैँमा फिल्म ‘जय भोले’ रिलिजको लागि उनले दीपकराजको समूहसँग मिलाए । यस वर्षको दशैमा उनको फिल्म रातो टिका निधारमा प्रदर्शनरत छ । शर्माले अर्को वर्षको दशैँलाई लक्षित गर्दै फिल्म ‘अल्लारे २’ निर्माण गर्ने भएका छन् । यसपटक आफ्ना सुपुत्र अंकित शर्मालाई नायकको रुपमा डेब्यू गराएका शर्माले ‘अल्लारे २’ मा सुपुत्री कृति शर्मालाई निर्देशकको रुपमा डेब्यू गराउने तयारि गरेका बुझिएको छ । कृति हाल छायाकंनरत फिल्म ‘पानी फोटो’मा सहायक निर्देशकको रुपमा काम गरिरहेकी छिन् ।

अर्को वर्षको दशैँमा दीपकराजको समूहले निर्माण गर्ने फिल्म ‘छक्का पन्जा ४’ पनि प्रदर्शनको मिति दावेदार मानिन्छ ।

कथा तयार नहुँदै ओभरसिज राइट्स बिक्री गरिसकिएको फिल्म ‘एन्टी हिरो’ पनि अर्को वर्षको दशैँमा प्रदर्शनमा आउने जनाइएको छ । अर्को वर्षको दशैँमा दीपकराजको समूहले निर्माण गर्ने फिल्म ‘छक्का पन्जा ४’ पनि प्रदर्शनको मिति दावेदार मानिन्छ । यी बाहेक अन्य फिल्महरु पनि दर्शै लीक्षत गर्दै रिलिज मिति घोषण गर्न सक्नेछन् ।

प्रकाशित मिति September 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।