ज्ञानेन्द्र शाहीको चितवन मेडिकल कलेजमा उपचार हुँदै, यस्तो छ अवस्था (भिडियो)

चितवन ११ असाेज- नेकपाका कार्यकर्ताहरुले चितवनको भरतपुरमा भ्र*ष्टचार विरो*धी अभियन्ता ज्ञानेन्द्र शाही कु*टपि*ट गरेका छन् । आज (शनिबार) दिउँसो भरतपुरको चौविसकोठीमा आयोजित ‘नेपालका लागि नेपाली’ कार्यक्रममा सहभागि हुन आएका शाहीलाई नेकपा सम्बद्ध विद्यार्थीहरुले गाडी भित्रै कु*टपि*ट गरेका छन् । शाहीको टाउको चो*ट लागेको छ ।

ज्ञानेन्द्र शाहीको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको टाउकोमा चो*टपटक लागेकाले सिटीस्क्यान गरिएको छ । शाहीको अवस्था मध्यम रहेको चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले नारायणी अनलाइनलाई जानकारी दिए ।

नेकपा कार्यकर्ताको कु*टाइबाट अन्य २ जना समेत घा*इते भएका छन् । उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । ग्लोबल होटल भरतपुरमा रहेको बा ३ ख ८४५८ नम्बरको माइक्रो बसमा बसेका शाहीलाई बसभित्रै नेकपाका कार्यकर्ताले आ*क्रमण गरेका थिए ।नेकपा सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम बिथालेका छन् । त्यसक्रममा केहीबेर तनाव समेत भएको थियो ।

प्रकाशित मिति September 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।