साम्राज्ञीः शूटिङमा ट्याक्टर चलाउँदा पावरफूल फिल गरेँ

पाेखरा ११ असाेज- नेपाली चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहकाे अहिले प्रर्दशनमा अाएकाे राताे टिकाले राम्राे प्रतिक्रिया पाएकाे बताएकी छिन् । नेपाली चलचित्र ‘रातो टीका निधारमा’ मा शीर्ष भूमिका निभाएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यो फिल्म हेर्दा दशैँ आएको महसुस भएको बताएकी छिन् ।

दशैँको रमझम समेत देखाइएको यो फिल्ममा साम्राज्ञी र अंकित खड्काको शीर्ष भूमिका देखिएकाे छ । राजधानीमा राखिएको स्पेशल शोमा फिल्म हेरिसकेपछि साम्राज्ञीले छाया‌कंनका क्रममा रमाइलो भएको स्मरण गरिन् ।

उनले भनिन्, ‘काम गर्दा म खुशी पनि थिएँ, फिल्मको एक दृश्यमा ट्याक्टर चलाउनुपर्ने थियो, त्यतिबेला मैले झन् बढी पावरफूल फिल गरेँ, किनकि मैले यसअघि त्यो काम गरेकी थिइनँ ।’

‘फिल्ममा मैले आजसम्म नगरेको कामहरु गरेकी थिएँ, लाज पनि लागेको थियो, तर यस्तो काम पनि गर्न सक्ने रहेछु कुराले खुशी लागेको थियो,’ उनले भनिन्, ‘काम गर्दा म खुशी पनि थिएँ, फिल्मको एक दृश्यमा ट्याक्टर चलाउनुपर्ने थियो, त्यतिबेला मैले झन् बढी पावरफूल फिल गरेँ, किनकि मैले यसअघि त्यो काम गरेकी थिइनँ ।’

उनले दर्शकले यसअघि आफूलाई फरक खालका फिल्म किन नगरेको भन्दै प्रश्न सोध्ने गरेको र अब यो प्रश्नबाट ती दर्शकले पनि उत्तर पाउने धारणा राखिन् । ‘दर्शकले यस्तो फिल्म किन नगरेको भनेर पनि प्रश्न सोध्नुहुन्थ्यो,’ उनले भनिन् ।

याे चलचित्रको कुरा गर्नुपर्दा, फिल्मलाई अशोक शर्माले निर्देशन गरेका हुन् । यस्तै फिल्ममा अंकित र साम्राज्ञीका अलावा बुद्धि तामाङ, रविन्द्र झा, राजाराम पौडेल, शिवहरि पौडेल, लक्ष्मी गिरी लगायतका कलाकारको अभिनय देखिएकाे छ।

प्रकाशित मिति September 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।