पलले पछ्याउने सूचीमा आँचल परिन्, पूजा अटिनन्

पाेखरा ११ असाेज- स्मार्टफोनको व्यापकतासँगै अहिले फेसबुक, ट्वीटर, युट्युबलगायतका सामाजिक सञ्जाल मानिसका लागि बाँच्नका लागि चाहिने गाँस, बास र कपासभन्दा पनि महत्त्वपूर्ण हुन थालेको छ । सामाजिक सञ्जालहरू आधुनिक दिनचर्याको अभिन्न अंग बनेका छन् । नेपालमा पनि आधाभन्दा बढी जनसंख्या अहिले सामाजिक सञ्जालमा जोडिएको छ । मोबाइल बिनाको त झन् व्यक्ति नै भेटिन्न !

फेसबुक, ट्वीटर, युट्युब हुँदै अहिलेको पुस्ता फोटो र भिडियो साझेदार गर्ने लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्राममा बढि आकर्षित भएको छ । संसारका चर्चित व्यक्ति समेत अहिले यसको लतमा फसेका छन् । विश्व प्रख्यात राजनीतिज्ञदेखि संसारले चिन्ने सेलिब्रेटीसम्म दैनिक घन्टौं समय इन्स्टाग्राममा विताउने गर्दछन् । नेपालमा पनि यसको प्रयोग गर्ने युवापुस्ताको वर्ग ठूलो छ । नाम कहलिएका सेलिब्रेटी, राजनीतिज्ञ, खेलाडीहरुमा समेत यसको लत नराम्रोसँग बसेको छ ।

इन्स्टाग्राममा लाखौं फलोअर्स बटुल्ने र दैनिक घन्टौं विताउने नेपाली सेलिब्रेटीहरु धेरै छन् । त्यसमा अटाउँछन्, अभिनेतामा अहिलेका ‘हटकेक’ पल शाह पनि । इन्स्टा लभर्स उनलाई पछ्याउनेको संख्या १ लाख ४३ हजारभन्दा बढि छ । उनी प्रायः आफ्ना तस्बिर र मिडियो साझेदार गरिरहेका हुन्छन् ।

अहिले कुनै पनि व्यक्तिको लोकप्रियता मापन गर्ने गतिलो साधन समेत बनेका छ, इन्स्टाग्राम । फलोअर्सको आधारमा यसबाट उसको लोकप्रियता मापन गर्न सकिन्छ । इन्स्टाग्राममा लाखौं फलोअर्स बटुल्ने र दैनिक घन्टौं विताउने नेपाली सेलिब्रेटीहरु धेरै छन् । त्यसमा अटाउँछन्, अभिनेतामा अहिलेका ‘हटकेक’ पल शाह पनि । इन्स्टा लभर्स उनलाई पछ्याउनेको संख्या १ लाख ४३ हजारभन्दा बढि छ । उनी प्रायः आफ्ना तस्बिर र मिडियो साझेदार गरिरहेका हुन्छन् ।

पललाई इन्स्टाग्राममा पछ्याउनेको संख्या डेढ लाखको आसपासमा भए पनि उनले भने मात्र १० जनालाई पछ्याउँछन् । उनले पछ्याउने व्यक्तिहरुमा को-को पर्छन् ? यो जान्नका लागि तपाईंहरु पक्कै इच्छुक हुनुहुन्छ होला ! अहिलेसम्म २ सय ९६ वटा फोटो तथा भिडियो सेयर गरेका पलले आफ्नो फेभरेट जोडी आँचल शर्मालाई फलो गर्ने गरेका रहेछन् । उनले अभिनेता प्रदीप खड्कालाई पनि पछ्याउँछन् । उनीहरु वास्तविक जीवनमा निकै मिल्ने साथी समेत हुन् ।

गएको जेठमा प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’ को प्रिमियरमा तेरियाले आफ्नो मनपर्ने अभिनेता पल शाह रहेको बताएकी थिइन् । पलले इन्स्टामा ‘वीर विक्रम २’ मा आफ्नो साथीको भूमिका निभाएका अभिनेता नाजिर हुसेनलाई पनि पछ्याउँछन् ।

उनले आफ्नो ‘डाइहार्ट फ्यान’ तेरिया फौजा मगरलाई पनि पछ्याउने गरेका छन् । गएको जेठमा प्रदर्शनमा आएको फिल्म ‘वीर विक्रम २’ को प्रिमियरमा तेरियाले आफ्नो मनपर्ने अभिनेता पल शाह रहेको बताएकी थिइन् । पलले इन्स्टामा ‘वीर विक्रम २’ मा आफ्नो साथीको भूमिका निभाएका अभिनेता नाजिर हुसेनलाई पनि पछ्याउँछन् । उनले बलिउडमा भने अभिनेता शाहरुख खानलाई मात्र पछ्याउने गरेका छन् । यसबाट थाहा हुन्छ कि उनी शाहरुखको ‘डाइहार्ट फ्यान’ हुन् ।

रोचक कुरा चाहिँ के छ भने उनले ‘म यस्तो गीत गाउँछु’ मा रोमान्स गरेको अभिनेत्री पूजा शर्मालाई भने पछ्याउँदा रहेनछन् ।

फिल्म ‘शत्रु गते’ का निर्देशक प्रदीप भट्टराई, आफ्नी बहिनी रोशनी राज्यलक्ष्मी शाह, पल शाह फ्यान क्लब फेमिली, म्यूजिक भिडियो निर्देशक विकास सुवेदी र युट्युब पर्सनालिटी जूलियस डाइन पलले इन्स्टाग्राममा पछ्याउने सूचीमा पर्छन् । तर, रोचक कुरा चाहिँ के छ भने उनले ‘म यस्तो गीत गाउँछु’ मा रोमान्स गरेको अभिनेत्री पूजा शर्मालाई भने पछ्याउँदा रहेनछन् । अहिले उनी यही फिल्मको दोस्रो पार्टको छायांकनमा व्यस्त छन् । जसमा लिड अभिनेत्री पूजा शर्मा छिन् ।

प्रकाशित मिति September 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।