२ वटा विवाह गर्नेलाई सरकारले प्रोत्साहन भत्ता दिने !

पाेखरा ११ असाेज- नेपालमा २ वटा विवाह गरे बहु विवाहको आरोपमा सजाय भोग्नुपर्छ । तर यूएई सरकारले भने २ वटा विवाह गर्नेलाई अतिरिक्त घरभाडा भत्ता दिने भएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार अबदेखि २ वटी श्रीमती राख्ने पुरुषलाई शेख जायद हाउजिंग कार्यक्रम अन्तर्गत आवास भत्ता पनि प्रदान गरिनेछ ।

अविवाहित महिलाहरुको बढ्दो संख्यालाई मध्यनजर गर्दै सरकारले पुरुषहरुलाई दोश्रो बिहे गर्नका लागि प्रोत्साहित गर्न यस्तो अनौठो नियम ल्याएको हो । यूएईका मन्त्री अब्दुल्लाह बेलहेफ अल नुइमीले संघीय राष्ट्रिय परिषदको बैठकमा यो अनौठो घोषणा गरेसँगै अब युएइमा अविबाहित महिलाहरुको दल घट्ने अनुमान गरिएको छ ।

याे पनि पढ्नुहाेस्ः
आजदेखि अझै पानी पर्ने सम्भावना

केहिदिन देखि जारी रहेको मनसुन शनिबार (आज)देखि अझै सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर हिजोअस्तीको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । मौसमविद कँडेलका अनुसार मनसुन सक्रिय भएकाले देशभरिकै आकाशमा बादल लागि हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना छ ।

उनका अनुसार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि तर लगातार पानी पर्ने सम्भावना भने छैन । पानी धेरै पर्ने भएकाले सडक र हवाई यातायातमा पनि अवरोध आउन सक्ने कँडेलले बताइन । मौसममा सुधार नहुँदा दशैंका लागि घर जानेको यात्रा कष्टकर बन्न थालेको छ।

प्रकाशित मिति September 28, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।