दीपक र केकीको रोमान्सको बिच्च बिच्चमा माग्ने र मुन्द्रे : “छ माया छपक्कै” (गीत)

पाेखरा १० असाेज- नेपाली फिल्म “छ माया छपक्कै” को “छ माया छपक्कै बिच्च बिच्चमा” बोलको गीत सार्वजनिक भएको छ । फिल्म युनिटले सामाजिक सञ्जाल युट्युबबाट फिल्मको उक्त गीत सार्वजनिक गरेका हुन् । दुर्गेश थापाको स्वर रहेको उक्त गीतमा दुर्गेशको नै शब्द तथा संगीत रहेको छ । फिल्म “छ माया छपक्कै”को चर्चा गरिएको उक्त गीतमा सबै जनालाई फिल्म हेर्न जान आग्रह गरिएको छ । उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकारको साथ गायक दुर्गेश थापा , दिपाश्री निरौला लगायतलाई फिर्चड गरिएको छ ।

सबै कलाकारहरुलाई एक ब्याडको रुपमा प्रस्तुत गरिएको उक्त गीतको भिडियोमा कलाकारहरुलाई फरक अवतारमा देख्न सकिन्छ । उक्त गीतको भिडियोमा कलाकारहरुलाई रमाईलो गर्दै देख्न सकिन्छ । फिल्म युनिटले यस अघि फिल्मको “जुनको जुनेली” बोलको गीत र ट्रेलर सार्वजनिक गरिसकेका छन् । गीत र ट्रेलरले युट्युबमा दर्शकको राम्रो साथ पाईरहेको छ ।

फिल्ममा दीपक राज गिरी, केकी अधिकारी, सुपुष्पा भट्ट, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल , रमा थपलीया , प्रकाश घिमिरे , बिष्णु सापकोटा , बसन्त भट्ट , सुनिता गौतम , दिपाश्री निरौला लगायत कलाकारहरुको अभिनय रहेको छ । नायक दीपकराज गिरी र नायिका केकी अधिकारीले पहिलो पटक यस फिल्मबाट जोडी बाँध्न लागेका हुन् ।आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको फिल्म ‘छ माया छपक्कै’ का निर्माता रोहित अधिकारी रहेका छन् ।

फिल्म घामपानी निर्देशन गरेका निर्देशक दिपेन्द्र लामाले निर्देशन गर्दैछन्।फिल्ममा हरी हुमागाईंको छायांकन रहेको छ । फिल्ममा दिपाश्री निरौला सल्लाहकार निर्देशकको रुपमा रहेकी छिन् । कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व र विपिन मल्लको सम्पादन रहेको छ । फिल्म असोज २४ गतेबाट रिलिज हुँदै छ ।

हेर्नुहाेस् भिडियाेः

प्रकाशित मिति September 27, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।