भुलेर पनि यस्तो अवस्थामा पानी नपिउँनुहोस्

पाेखरा १० असाेज- आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन तीन लिटर र ठूलो ज्यान भएकाहरूले चार लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ ।पानी कति बेला खानु हुँदैन भन्ने जानिराख्नुपर्छ ।

यस्तो अवस्थामा पानी खानु हुँदैन भनी आयुर्वेदले भनेको छ :पल्टिएको बेला,दिसा गरेर आउनासा,पिसाब गरेर निस्कनासाथ,दूध खाइरहेको बेला,चिया खाइरहेको बेला,चना खाइरहेको बेला,भोजन गरिरहेको बेला,भोजन गरेलगत्तै,हिँडेर बेस्कन थाकेको बेला,असिनपसिन भएको बेला,कडा शारीरिक श्रम गरेर आउनसाथ,व्रत सकिनासाथ पानि पिउन याेग्य छ । पानि भनेकाे एक मात्र मान्छे बाच्ने अाषधी भन्दा पनि फरक नपर्ला । पानि बिना काेही पनि काच्न सक्ने छैन्न । सानो शरीर भएकाहरूले प्रतिदिन तीन लिटर र ठूलो ज्यान भएकाहरूले चार लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ ।पानी कति बेला खानु हुँदैन भन्ने जानिराख्नुपर्छ ।

याे पनि पढ्नुहाेस्ः
कसरी एउटा सामान्य ‘साग’ नेपालीको पहिचान बन्यो ?गुन्द्रुकको इतिहास

अन्तर्राष्ट्रियस्तरमै नेपालको मौलिक परिकारको पहिचान बनाएको एउटा ‘तरकारी’ । भनिन्छ, जहाँ नेपाली पुग्छन्, त्यहाँ गुन्द्रुक पनि पुग्छ !हरेक नेपालीको ‘प्रिय’ तरकारी गुन्द्रुक यहाँसम्म कसरी आइपुग्यो त ? अर्थात् एउटा हरियो सागलाई कसरी कसैले गुन्द्रुकजस्तो ‘तरकारी’ बनाउने विधि पत्ता लगायो ?इतिहासकारहरु गुन्द्रुकको ‘उत्पत्ति’लाई नेपाल एकीकरणका क्रममा भएका यु*द्धसँग जोड्छन् ।गोरखाका राजा पृथ्वी नारायण शाहले पहिलोपटक कीर्तिपुर आ*क्रमण गर्दा कीर्तिपुरेहरुको बारीमा लहलह साग थियो रे ! कीर्तिपुरेहरुले साग टिप्न पाएका थिएनन्, गोरखालीहरुले आ*क्रमण गरिहाले ।

आफूमाथि आ*क्रमण भएपछि कीर्तिपुरेहरु पनि प्रतिकारमा उत्रिनु पर्‍यो । प्रशस्त सैन्य शक्ति नभएको अवस्थामा कीर्तिपुरका महिलादेखि बालबच्चा सबैले यु*द्धमा भाग लिनु पर्‍यो । आफूहरुले यु*द्धमा गएको बेला बाहिरका व्यक्ति आएर खानेकुरा, साग चोरीदेलान् भन्ने ड*रले कीर्तिपुरेहरुले जुक्ती लगाए– खाद्यान्नसहित सागपात खाल्डोमा पुरेर यु*द्ध गर्न जाने !त्यसपछि बारीमा लहलह फलेको साग टिपेर सबैजनाले खाल्डोमा पुरे ।जब यु*द्धबाट फर्किएर आए, सबैजनाले खाल्डो उधिनेर लुकाएको खाद्यान्न बाहिर निकाले ।बाहिर निकालिएको खानेकुरामध्ये धानचामल लगायतको अन्न त पकाउन सकिने अवस्थामै थियो । तर, लुकाएको साग भने खाल्डोमै गलेर काम नलाग्ने अवस्थामा पुग्यो ।

कीर्तिपुरेहरुले केही दिन भोक टार्नका लागि तरकारीविनै भात–रोटी खाए । तर, केही दिन पछि त तरकारी आवश्यक पर्‍यो ।खाल्डोबाट निकालिएको साग बारीमा फिँजाएर त्यत्तिकै राखिएको (फालिएको) थियो । खाल्डोमा राख्दा गलेर काम नलाग्ने अवस्थामा पुगेको साग बारीमा फालिएको अवस्थामा घामले सुकेर कक्रक्क परेको थियो । पछि केहीले बारीबाट त्यही सुकेको साग टिपेर ल्याइ पकाउन थाले ।अलिकति अमिलो–अमिलो, तर असाध्यै मिठो स्वादको सुकेको साग (तरकारी)ले पुरै कीर्तिपुरमा चर्चा पायो ।कलान्तरमा यसको नाम गुन्द्रुक रहन गयो । जुन अहिले आम नेपालीको एक मौलिक परिकार बन्न पुगेको छ ।

प्रकाशित मिति September 27, 2019

हाम्रो समाचारमा कुनै गुनासो, सल्लाह वा प्रतिकृया भए [email protected] मा इमेल पठाउन सक्नुहुनेछ ।